रुसले बनाएको कोभिड खोप : कति सुरक्षित, कति विश्वसनीय ?

कोभिड–१९ विरुद्धको खोपको खोजी सहज छैन र यसलाई अहिले खोप राष्ट्रवादले निर्देशन गरिरहेको छ । अर्थात् कुन देशले पहिला खोप बनाउने भन्ने विषयमा चरम प्रतिस्पर्धा छ ।
 

यसैबीचमा रुसले स्पुतनिक भी खोप व्यापक उत्पादन तथा प्रयोगका लागि सुरक्षित रहेको घोषणा मंगलवार गरेको छ । तर रुसले तेस्रो चरणको सुरक्षा ट्रायल अपनाएको छैन । तेस्रो चरणको परीक्षण पूरा गर्न महिनौं लाग्छ । 


Advertisement

अहिले पूरा विश्व महामारीअघिको सामान्य स्थितिमा फर्कन चाहन्छ । त्यसैले जस्तो खोप आए पनि सुरुङको अन्त्यमा देखिएको उज्यालो जस्तै हो । 

तर सबै खोपहरू प्रभावकारी हुँदैनन् । 


Advertisement

मौसमी रुघाखोकीको खोपले खासै सुरक्षा दिएको पाइँदैन भने पोलियोविरुद्धको खोप चाहिँ निकै प्रभावकारी भए पनि त्यसलाई सबै जनतासामु पुर्‍याउन धेरै समय लागेको थियो । 

रुसी अधिकारीहरूले जस्तो दाबी गरेको भए पनि रुसी खोप विकासमा अपारदर्शिता र नैतिकताको विषय चाहिँ उठेको छ । 

रुसको एसोसिएसन अफ क्लिनिकल ट्रायल्स अर्गनाइजेसन्सले मे महिनाको अन्त्यतिर दिएको एक बयान दिएको थियो । गामालेया इन्स्टिच्युटका प्रमुखले यो खोप आफू र आफ्ना सहकर्मीमा उपयोग गरेको भनेपछि यस्तो परीक्षण शक्तिमा रहेकाहरूलाई खुशी बनाउन वैज्ञानिकहरूले चरम दबाबमा परी काम गरेका हुन् र अनुसन्धानको मूल्यमान्यताको यो चरम उल्लंघन हो भनी उसले त्यतिखेर बयान दिएको थियो । 

सेना सहित स्वयंसेवीहरूमाथि गरिएको परीक्षणमा नैतिक प्रश्न समेत उठेको छ । परीक्षणमा भाग लिन व्यक्तिहरूलाई दबाब दिइएको अनि साइड इफेक्टका विषयमा कसैलाई केही नभन्न भनिएको बताइन्छ । 

सबभन्दा ठूलो कुरा त तेस्रो चरणको व्यापक परीक्षण विना नै यो खोप ल्याइएको हो । 

तेस्रो चरणको परीक्षण खोपको प्रभावकारिता र उपादेयता हेर्नका लागि गरिन्छ । व्यापक मात्रामा स्याम्पलहरू यसमा जाँचिन्छ र जोखिमयुक्त साइड इफेक्टहरू पनि हेरिन्छ । 

अझ गम्भीर कुरा त, यो खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा नै एकदमै कम जानकारी छ ।

रुसी अधिकारीहरूले यस खोपबाट जन्मिने एन्टीबडी रेस्पोन्स दुई वर्षसम्म कायम रहने अपेक्षा गरेका छन् तर त्यसलाई पुष्टि गर्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । वास्तवमा शरीरमा कोरोनाभाइरसविरुद्ध कति लामो समयसम्म एन्टीबडी बस्छन्, तिनले कस्तो सुरक्षा उपलब्ध गराउँछन् भन्ने कुराको खासै जानकारी पाइँदैन । 

यसले कोरोनाको अत्यन्तै जोखिममा रहेकाहरूलाई कत्तिको सुरक्षा दिन्छ भन्ने पनि स्पष्ट छैन । आंशिक रूपमा मात्र प्रभावकारी खोपले सरकार र जनतालाई महामारी लगभग अन्त्य भएको झूटो दिलासा दिनसक्ने र नियन्त्रण खुकुलो बनाउन प्रेरित गर्ने सम्भावना रहन्छ । 

अनि खराब खोप बनेछ भने उल्टै रोग बल्झाउने सम्भावना पनि रहन्छ । पोलियोको खोप आउँदा सन् १९५५ मा बिग्रेको खोप झुक्केर पठाइँदा खोप लगाउने व्यक्तिलाई उल्टै पोलियो लागेको इतिहास पनि छ । 

द गार्डियनबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्