सुशील कोइरालाको योगदान स्मरण

नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ ।

नेपाल प्रेस युनियन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेसन क्षेत्र नं २ द्वारा सञ्चारकर्मीका लागि गरिएको ज्याकेट वितरण कार्यक्रममा वक्ताहरूले राष्ट्र, राष्ट्रियता एवम् सार्वभौमिकताका पक्षमा कोइरालाले गरेको योगदान चिरकालसम्म जीवन्त रहने बताए ।


Advertisement

कार्यक्रममा संविधानसभा सदस्य एवं जिपी कोइराला फाउन्डेसन गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले सुशील कोइलाले नेपाली राजनीतिमा देखाएको त्याग तथा समर्पण सबैका लागि अनुकरणीय भएको बताइन् ।

समाजमा सूचनाको संवाहक सञ्चारकर्मीको पेशागत हक हितका स्थापनाका लागि फाउन्डेसन सधैँ तयार रहेको बताउँदै उनले समाचार सङ्कलनमा निस्कँदा सहज होस् भन्ने उद्देश्यले यसअघि पनि फाउन्डेसनका तर्फबाट स्वास्थ्य सामाग्रीसहित ज्याकेट वितरण गरिएको बताइन् ।


Advertisement

कार्यक्रममा जिपी कोइराला फाउन्डेसन क्षेत्र नं २ का अध्यक्ष वसन्त चालिसेले समाजमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् नेपाली कांग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, विजयराज आचार्यलगायतले स्व कोइरालाको योगदानबारे चर्चा गरे ।

सो अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पौडेल, क्षेत्र नं २ का अध्यक्ष वसन्तराज चालिसे र प्रेस युनयन कास्कीका अध्यक्ष सिग्देलले ज्याकेट हस्तान्तरण गरे । रासस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्