×

NMB BANK
NIC ASIA

कोरोनासामु निरीह भारत !

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाले प्रभावित पारेका देशहरूमा भारत तेस्रो स्थानमा भए पनि एक हप्तादेखि कोरोना ग्राफमा भारत तीव्र गतिमा उक्लेको छ । 

Muktinath Bank

विगत केही हप्तायता भारतमा हरेक दिन कोरोनाको नयाँ केस ५० हजारभन्दा बढी छ । भारतमा अहिलेसम्म संक्रमणको २२ लाखभन्दा बढी केस देखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँगको संवादमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत कोरोनाको मामिलामा सही दिशामा अघि बढेको बताए । विज्ञहरूले यसमा अनौठो माने । 


Advertisment
Nabil box
Kumari

सही दिशामा अघि बढेको भए अन्य देश जस्तै भारतमा कोरोनाको ग्राफ किन फ्ल्याट नभएको त ?
 

Vianet communication
Laxmi Bank

न्युजील्यान्डमा कोरोना संक्रमण कम गर्ने सरकारको प्रयासलाई सबैतिर प्रशंसा गरिएको छ । त्यहाँ १०२ दिनपछि कोरोना संक्रमणको केस देखिएको छ । 

पाकिस्तानको कुरा गर्दा त्यहाँ संक्रमणको आँकडा कम भइरहेको छ । पाकिस्तानमा पाँच महिनापछि पहिलोपटक जिम, सैलून र रेस्टुराँमा मानिस देखिन थालेका छन् । 

संक्रमण रोक्नका लागि बन्द गरिएका स्थान सोमवारदेखि खोलिएको छ । 

पाकिस्तानमा कोरोना संक्रमणको केस दुई लाख ८० हजार कटेको छ । लगभग ६१ सय मानिसको मृत्यु भएको छ । तर जुन महिनापछि संक्रमणको केस कम हुँदै गएको छ । 

विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको लडाइँमा जर्मनी र दक्षिण कोरियाको प्रशंसा गरेको छ । भारत भने रिकभरी रेट र तुलनात्मक रूपमा कम मृत्युको आँकडाबाट अघि बढ्न सकेको छैन । 

भारतमा रिकभरी रेट ६८ प्रतिशत छ भने मृत्युको आँकडा ४२ हजारभन्दा अलिक बढी छ । 

प्रति एक लाख मृत्युको आँकडामा भारत ३.८ मा छ । पाकिस्तान, सिंगापुर, बंगलादेश र जापानमा यो आँकडा ३ भन्दा कम छ । भियतनाम र श्रीलंकामा त यो १ भन्दा पनि कम छ । 

कोरोनाको ग्राफ फ्ल्याट गराउने कुरा आउँदा अमेरिका र ब्राजिल जस्ता अत्यन्त प्रभावित देशमा पनि दिनदिनै हुने मृत्युको संख्या घटिरहेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयको वेबसाइटमा कोरोनाबाट प्रभावित देशहरूको सूचीमा जम्मा चार देशमा कोरोनाको कर्भ फ्ल्याट हुन सकेको छैन । भारत त्यसमा सबभन्दा माथि छ । त्यसपछि कोलम्बिया, पेरु र अर्जेन्टिनाको नाम आउँछ । 

मार्च महिनामा पूर्ण लकडाउन लगाउँदा देशमा जम्मा ५०० केस थिए । कोरोना नदेखिँदा सरकारले के संक्रमण रोक्नु नि ? अहिले आँकडा बढिरहेको बेलामा भारतले लकडाउन लगाउनुपर्ने हो । 

मोदीले मार्च २४ मा तीन हप्ताको पूर्ण लकडाउन लगाउने घोषणा गर्दा महाभारतको युद्ध १८ दिनमा जितिएको अनि कोरोनाविरुद्धको युद्ध आफूहरूले २१ दिनमा जित्ने घोषणा गरेका थिए । 

भारतले पहिलो गल्ती नै त्यहीँ गर्न पुग्यो । सरकारले कोरोनालाई युद्ध त मान्यो तर लड्ने कुनै ठोस रणनीति ल्याएन । अनि सामान र हतियारको जोहो पनि गरेन । सरकारले विभिन्न थरी आदेश जारी गरे पनि त्यसको कुनै तर्क दिएन । 

भारतमा दिनदिनै संक्रमणको संख्या आगामी दिनमा झनै बढ्न सक्ने सम्भावना देखिन्छ । भारतमा हरेक राज्यको कोराना पीक फरक फरक छ । प्रत्येक राज्यले आफ्नो स्तरमा कोरोना हराउन विभिन्न उपाय अपनाएकाले एकैचोटि सबै राज्यमा कोरोनाको पीक आउने छैन ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x