×

NMB BANK
NIC ASIA

अमेरिका र चीनको दुश्मनीले विश्व खतरामा

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले चीनविरुद्धको शक्तिसंघर्ष चर्काइरहँदा सानो दुर्घटनाले पनि विनाशकारी युद्ध गराउन सक्ने वर्ल्ड एड्भान्स्ड रिसर्च प्रोजेक्टका संयोजक डा हाइन्ज डाइट्रिचले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विगत केही महिनायता वाशिङटनले सिनजियाङ, ताइवान र दक्षिण चीन सागरका विषयमा चीनविरोधी बयान चर्काएको छ । त्यससँगै उसले प्रतिबन्धको नीतिलाई पनि अघि बढाएको छ र चिनियाँ कम्युनिस्ट पार्टीको निन्दा गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेको परिस्थिति दोस्रो विश्वयुद्ध अघिको युरोपको जस्तै भएको डाइट्रिच बताउँछन् । 


Advertisment
Nabil box
Kumari

‘तर अहिले स्थिति पहिलेको भन्दा निकै खतरनाक छ किनकि अहिले धेरै राज्यहरूसँग नाजीहरूले कल्पना गरेभन्दा बढी विनाशक शक्ति छ । आणविक, जैविक, साइबर र अन्तरिक्ष सबै किसिमका युद्धमा व्यापक विनाश गराउने प्रविधि बनेका छन् ।

Vianet communication
Laxmi Bank

अहिलेको शत्रुता राजनीतिक र आर्थिक मात्र नभई विचारधारात्मक पनि भएको उनी बताउँछन् । अगस्ट ५ मा वाशिङटन एक्जामिनरसँग कुरा गर्दै अमेरिकाको परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिधि साम ब्राउनब्याकले चिनियाँ कम्युनिस्ट पार्टीलाई ट्रम्प प्रशासनले वैध प्रणाली नमान्ने बताएका छन् ।

अमेरिका र चीनको शासन प्रणालीमा गुणात्मक र संरचनात्मक भिन्नता रहेको डाइट्रिचको भनाइ छ । ती दुवै परिपूर्ण नरहेको उनी बताउँछन् । तर अमेरिकाका नीतिनिर्माताहरूले मन नपराए पनि चिनियाँ जनताको नजरमा चिनियाँ कम्युनिस्ट पार्टीको वैधतामा प्रश्न छैैन । उनीहरू पार्टीले सबैको हित तथा सार्वजनिक सुव्यवस्था कायम गरेको धारणा राख्छन् । 

ट्रम्पले लगभग युद्धको नीति ल्याएर ऊर्जा, अर्थ र उच्च प्रविधिको क्षेत्रमा अमेरिकाको विश्वव्यापी सर्वोच्चतालाई कायम गर्न चाहेको र त्यसले गर्दा चीनसँग गोली हानाहानको स्थिति आउन सक्ने र त्यसले अकल्पनीय परिणाम ल्याउने चेतावनी उनी दिन्छन् । 

रुस र चीनले साझेदारी बढाइरहेको अवस्थामा युरोपेली संघ अमेरिकी इच्छाका अगाडि झुक्ने कि चीनसँग पारस्परिक हित हुने किसिमको प्राविधिक तथा आर्थिक सहकार्य गर्ने भन्ने विषयमा दोधारमा छ । 

संघको सबभन्दा शक्तिशाली मुलुक जर्मनीलाई वाशिङटनले रुसी नेतृत्वको नोर्ड स्ट्रीम २ ग्यास पाइपलाइन तथा चीनको हुुआवेको ५जी टेलिकम संरचना परियोजना त्याग्न दबाब दिइरहेको छ । अहिलेसम्म बर्लिन कुनै पनि परियोजनालाई अस्वीकार गर्न हिचकिचाइरहेको छ । 

रुस र चीनले रणनीतिक साझेदारी मजबूत बनाउनुपर्ने किनकि यसले अमेरिका र उसका साझेदारका शत्रुतापूर्ण गतिविधिलाई मत्थर पार्ने डा डाइट्रिचको भनाइ छ । 

उनी अमेरिका, चीन, रुस र जर्मन नेतृत्वको युरोपेली संघलाई विश्व राजनीतिका गुरुत्वाकर्षण केन्द्र मान्छन् । 

अहिले विश्व व्यवस्था अस्थिर रहेकाले यसमा गुणात्मक परिवर्तन आउनुपर्ने उनी बताउँछन् । सम्पूर्ण मानवजातिका लागि लोकतान्त्रिक पर्यावरणीय सभ्यता निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । 
 

स्पुतनिक न्युजबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x