पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं उपत्यकासहित देशभर कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण यही अवस्थामा बढ्दै गएको खण्डमा भेन्टिलेटर नपाएर बिरामीको ज्यान जानसक्ने विज्ञहरूले बताएका छन् ।
दिनदिनै कोभिड संक्रमण बढ्दै जाने तर उपचारका लागि आवश्यक पर्ने उपकरणहरू भेन्टिलेटर, आईसीयू र आइसोलेसन बेड अहिलेकै अवस्थामा रहने हो भने बचाउन सकिने खालका बिरामीको पनि ज्यान जाने चिन्ता विज्ञहरूले गरेका हुन् ।
तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतम भने कोरोनाका बिरामीका लागि अहिले नै थप भेन्टिलेटर आवश्यक परिनसकेको बताउँछन् ।
लोकान्तरसँगको संक्षिप्त कुराकानीमा प्रवक्ता गौतमले भेन्टिलेटर कोरोनाको उपचार नभएको भन्दै कोरोनाका बिरामी ६० जना आईसीयूमा हुँदा सरदर ३ जनालाई मात्रै भेन्टिलेटर आवश्यक पर्ने बताए ।
‘भेन्टिलेटरमा गएका मानिसहरू कमै फिर्ता भएका छन्, त्यसमा पनि ६० जना आईसीयूमा रहेकामध्ये ३ जना मात्रै भेन्टिलेटरमा गएको देखिन्छ,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने ।
कोरोनाका भाइरस (कोभिड–१९) को संक्रमण देशको राजधानी तथा सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौं उपत्यकामा दिनानुदिन फैलिरहेको छ ।
पछिल्लो १५ दिनयता राजधानीमा प्रत्येक दिनजसो करीब सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । लक्षणसहितका संक्रमित देखिने क्रम बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पनि उपत्यकाको अवस्था पहिलेको जस्तो नभएको भने पत्रकार सम्मेलनमै स्वीकारिसकेका छन् ।
उपत्यकामा कोरोनाको भाइरसको महामारी फैलिएको खण्डमा उपचार गर्ने अस्पताल, भेन्टिलेटर र आईसीयूको पर्याप्त उपलब्धता हुने अवस्था छैन ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो समयमा कोरोना परीक्षण गर्ने क्षमता दैनिक १० हजारबाट बढाएर १८ हजार पुर्याएको जनाएको छ ।
यद्यपि अहिलेसम्म त्यो परिमाणमा परीक्षण भने भएको छैन ।
तयारी पुगेन : विज्ञ
सरकारले भविष्यलाई हेरेर राम्रोसँग तयारी नगरेका कारण भविष्यमा समस्या पर्नसक्ने नेपाल चिकित्सकसँगका सदस्य डा. प्रकाश बुढाथोकी बताउँछन् ।
‘सरकारले भविष्यमा आउने जोखिमलाई मध्यनजर गरेर तयारी गरेको भए कोरोनाका बिरामीहरू बढ्दै गएपनि जोगाउन सकिने थियो तर अबको अवस्था त्यस्तो देखिन्न,’ डा. बुढाथोकीले लोकान्तरसँग भने ।
'सरकारले ‘होप फर द बेस्ट बट प्रिपेयर फर द वर्स्ट’ (राम्रो हुने अपेक्षा गर्दै नराम्रो अवस्थाका लागि तयारी) को रणनीति अख्तियार गर्न सकेन । नराम्रो अवस्थाको तयारी गरेर बसेको भए अहिलेको अवस्था आउने थिएन । भर्ना भएका बिरामी, भेन्टिलेटर चाहिने बिरामीलाई पनि जोगाउन सकिन्थ्यो । स्वास्थ्य सामग्रीहरू जस्तै, शय्याहरू, भेन्टिलेटर, आईसीयू रातारात नहुने भएकाले आगामी दिनमा तत्कालै व्यवस्था गर्न कठिन हुने र स्वास्थ्य उपकरणको अभावमा बिरामीको ज्यान जाने अवस्था छ,' डा. बुढाथोकीले भने ।
कोरोना संकट निम्तिएको यति लामो समयसम्म पनि सरकारले पर्याप्त तयारी गर्न नसक्नु दुःखद् भएको उनको गुनासो छ ।
अबका दिनमा जनता आफैँले सुरक्षा नअपनाएको खण्डमा कोरोना महामारीको चपेटा पर्न सक्ने सुझाव उनले दिए ।
सरकारको पूर्वतयारी कमजोर भएपनि व्यक्ति आफैँले सुरक्षा सावधानी अपनाएको खण्डमा संक्रमणको जोखिम कम हुने उनको तर्क छ ।
‘सरकारले तयारी गरेन भनेर भन्नुभन्दा उत्तम आफू सुरक्षित हुनु नै हो, यसो गर्दा संक्रमणबाट जोगिन सकिन्छ,’ डा. बुढाथोकीले सुझाव दिए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने देशभरमा ९ सय भेन्टिलेटर छन् । आईसीयूमा कोरोनाका बिरामी राख्न सक्ने क्षमता १ हजार ७ सय २ मात्र छ ।
आइसोलेसन बेडको संख्या ६ हजार ६ सय ७१ छ भने २ लाख ३५ हजार ५ सय ९६ क्वारेन्टीन बेड रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले लोकान्तर जानकारी दिए ।
अधिकांश क्वारेन्टीन सामुदायिक विद्यालयमा बनाइएकाले ती पनि अहिले खाली गरिँदै गरेको अवस्था छ ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिएर बढीभन्दा बढी भेन्टिलेटर चाहिने अवस्था आयो भने त्यसको तयारीमा सरकार रहेको देखिँदैन ।
समुदायमै पुगेर नियन्त्रण आवश्यक छः डा. भगवान कोइराला
अहिलेको अवस्थामा कोरोनाभाइरस नियन्त्रणका लागि समुदायमा सावधानी अपनाउनुपर्ने मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला बताउँछन् ।
‘अहिलेको अवस्थामा संक्रमणलाई समुदायमै नियन्त्रण गर्नु नै मुख्य कुरा हो,’ डा. कोइरालाले भने ।
उपकरणहरू कम भएको अवस्थामा भएका उपकरणलाई पुनर्व्यवस्थापन गरेर कोरोनाका बिरामीलाई उपचार गर्न सकिने डा. कोइरालाले बताए ।
कोरोना बढ्दै गएको खण्डमा सामान्य बेडलाई कोभिड बेडको रूपमा बढाउँदै लैजाने, आईसीयू कक्ष बढाउने, सामान्य लक्षण देखिएकालाई अस्पताल भर्ना नगर्ने लगायतका कामहरू गरेको खण्डमा कोभिडका बिरामीलाई व्यावस्थापन गर्न सकिने डा. कोइरालाले बताए ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...