कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अघिल्लो साता भएको भयानक विस्फोटमा परी बेरुत ध्वस्त भएपछि अली हम्मूदले आफ्नो प्रिय शहर त्यागे । विमानको झ्यालबाट उनले भग्नावशेष बनेको बेरुत हेरे ।
बेरुतमा जन्मेर हुर्केका ३० वर्षीय आईटी इन्जिनीयर हम्मूदले अब दुबई जाने निर्णय लिएका छन् । बेरुत समृद्ध होला भन्ने आशालाई विस्फोटले चकनाचूर बनाएको उनी बताउँछन् ।
‘
यो सहज त छैन तर मैले बेरुत त्याग्नैपर्ने भएको थियो । मैले ज्यानभन्दा बढी माया गर्ने शहरलाई धोका दिएँ कि जस्तो लाग्दैछ तर त्यहाँ बस्दा मैले डिप्रेसन बाहेक केही पनि पाउने थिइनँ,’ हम्मूदले एएफपी समाचार संस्थालाई दुबईमा बताए ।
‘अब म व्यावसायिक करीयर शुरू गर्न, शान्तिपूर्वक बस्न र परिवारलाई पैसा पठाउन सक्छु,’ हम्मूदले भने ।
विस्फोटका कारण बेरुतमा १७० जनाभन्दा बढीले ज्यान गुमाए र लेबननको आर्थिक संकट झनै चुलियो ।
सुरक्षा र स्थिरताको खोजीमा रहेका अन्य लेबननी जस्तै हम्मूदले पनि दुबईमा रोजगारीका लागि निवेदन दिएका थिए ।
दशौं हजार लेबननी जस्तै उनी पनि दुबईमा काम गर्न आएका हुन् । बेरुत पहिला दुबई जस्तै सुन्दर भएको आमाबुवाबाट सुनेको उनी बताउँछन् ।
बेरुतको बन्दरगाहमा अम्मोनियम नाइट्रेटको विशाल भण्डार रहेकोमा विस्फोट हुँदा गहन इतिहास बोकेको बेरुत तहसनहस भएको छ ।
विस्फोट हुनुअघि नै लेबनन पतनको बाटोमा दौडिरहेको थियो ।
सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि पहिलोपटक देश भयंकर आर्थिक संकटमा परेको थियो । मुद्रास्फीति बढ्दै गएको थियो भने पूँजीमा नियन्त्रणका कारण गरीबी, चिन्ता र आक्रोशयुक्त सडक प्रदर्शन भइरहेका थिए ।
वर्षौंसम्म प्रणालीगत भ्रष्टाचार, नसुल्झिएका हत्याका घटना, छिमेकी इजरायलसँगको युद्ध, आधारभूत सेवाको अभाव लगायतका कारणले धेरैजना लेबननीहरू देशका सम्भ्रान्तहरूसँग आजित भइसकेका छन् ।
कुनै समयमा शैक्षिक र स्वास्थ्य संस्थाका लागि सुप्रसिद्ध बेरुतमा गृहयुद्ध हुनुअघिको पहिचान गुमिसकेको छ । शहरको जीवन्तता नै हराएको छ ।
चिकित्सक, इन्जिनीयर, शिक्षक र अन्य पेशाका लाखौं लेबननीहरू वर्षौंदेखि सुखद जीवनका लागि खाडीका मुलुकहरू तथा अन्यत्र गइरहेका छन् ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...