×

NMB BANK
NIC ASIA

दुई हजार कन्टेनर महिनौंदेखि चीनमै अलपत्र

साउन २९, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

तातोपानी र केरुङ भन्सारबाट काठमाडौं आउन लागेका मालबाहक कन्टेनर महिनौंदेखि चीनमै रोकिएपछि नेपाली व्यवसायीका करोडौं मूल्यका सामान बाटैमा सड्न थालेका छन् । कन्टेनरमा लोड गरिएका सयौं क्विन्टल स्याउलगायतका खाद्यवस्तु कुहिएर फ्याँकिएको छ । तयारी पोसाक, मेसिनरी सामानलगायतका ‘कमर्सियल’ वस्तु बोकेका दुई हजारभन्दा बढी कन्टेनर तिब्बतको केरुङ र खासामा अलपत्र परेका छन् ।

Muktinath Bank

नेपाली व्यवसायीले गत पुस–माघमै खरिद गरेका तयारी पोसाक अझै चीनका विभिन्न सहरमा गोदाम गरिएको छ । यसबाट व्यवसायीहरू करोडौं रुपैयाँ नोक्सानी व्यहोर्न बाध्य भएका छन् । तिब्बती क्षेत्रमा आफूले आयात गर्न लागेको सम्पत्ति कुन अवस्थामा छ भन्ने नै नेपाली व्यवसायीलाई पत्तो छैन । कोरोना भाइरसको त्रास, पहिरोले सडकको दुरवस्था र तिब्बतको कुतीस्थित ताल फुट्ने हल्लाले चिनियाँ पक्षले कन्टेनरको आउजाउमा रोक लगाउँदा समस्या बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रसुवाका प्रमुख भन्सार अधिकृत पुण्य खड्काका अनुसार केरुङबाट हाल दैनिक ६ देखि ८ कन्टेनर व्यापारिक सामान आयात हुने गरेको छ । उनका अनुसार यही अनुपातमा आयात भएमा अलपत्र सामान नेपाल भित्रन ६ महिनाभन्दा बढी लाग्छ । गत माघमा केरुङमा पार्किङ गरिराखेका सयभन्दा बढी कन्टेनरका टायर र पार्टपुर्जा नै चोरी हुन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

सिल्क ट्रान्सपोर्ट प्राइभेट लिमिटेडका अध्यक्ष रमेश शेर्पाका अनुसार आयात अनिश्चित भएकाले व्यवसायी मारमा परेका हुन् । ‘नाफाको त के कुरा लगानी नै सकिएको छ, खासगरी साना व्यवसायी सडकमै पुग्ने अवस्था बनेको छ,’ शेर्पाले भने, ‘एकातिर एक कन्टेनर सामान राजधानी आइपुग्दा ढुवानी र लोड–अनलोडमै ३ लाखभन्दा बढी खर्च हुने गरेको छ । अर्कातिर सामानको पैठारी सहज रूपमा हुन नसक्दा लगानी डुबेको छ ।’

Vianet communication
Laxmi Bank

स्याउको आयातसमेत गरिरहेका शेर्पाका अनुसार २ सय ५० कन्टेनरभन्दा बढी स्याउ बाटैमा फ्याँकिएको छ । ‘राजधानी ल्याइएका स्याउ पनि ५० प्रतिशतभन्दा बढी काम नलाग्ने अवस्थामा थिए,’ उनले भने । स्वास्थ्य सामग्री ल्याउन भन्दै गत २४ गते तातोपानी नाका सञ्चालनमा ल्याइएको हो । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार अहिले खासा र तातोपनीको यार्डमा झन्डै ६ सय कन्टेनर सामान अलपत्र छन् ।

जलविद्युत् आयोजनाहरूको मेसिनरी सामान, कोभिड–१९ सम्बन्धित औषधिलगायत वस्तु खासामा रोकिएका हुन् । भूकम्पका कारण लामो समय बन्द रहेको तातोपानी भन्सारले गत आवमा १ अर्ब ५९ करोड राजस्व संकलन गरेको थियो ।

समस्या समाधानका लागि तातोपानी र केरुङ नाकामा नेपाली र चिनियाँ अधिकारीबीच सहजीकरणका लागि वार्ता भए पनि सहमतिअनुसार काम हुन सकेको छैन । नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले यसबारे परराष्ट्र सचिवलाई अनुरोध गरेको बताए । उनले कोभिड–१९ को मारमा परेका निकासी र पैठारीमा संलग्न व्यवसायीलाई सरकारले कुनै पनि राहत नदिएको गुनासो गरे ।

‘बेचिसकेको सामानको पैसा बजारबाट उठ्दैन, घरजग्गा धितो राखेर ऋणमा व्यापार गरिरहेको अवस्था छ, घरबेटीले भाडा र बैंकले ब्याज छोड्दैनन् । कर्मचारीलाई तलब दिनैपर्‍यो । नयाँ सामान बेचौं भने नाकाबाट ल्याउन सकिएको छैन,’ उनले भने । यस्तै अवस्था रहे मुस्किलले ५ प्रतिशत व्यापारीले मात्र ‘सर्भाइभ’ गर्न सक्ने देखिएको उनले बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले महिना दिनअघि नै केरुङमा अलपत्र खाली कन्टेनर नेपाल ल्याउन पहलका लागि गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले व्यवसायीहरू धरासायी भएको र बैंकको ब्याज तथा मजदुरको तलब दिन नसकेको भन्दै गृहसचिव महेश्वर न्यौपानेलाई मागपत्र प्रस्तुत गरेका थिए । तातोपानी नाकामा सञ्चालन हुने मात्रै ९ सय ६६ वटा कन्टेनरमध्ये अहिले १० प्रतिशतले मात्र काम पाएका छन् ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार एउटै कन्टेनरले बैंक किस्ता मासिक ८० हजारसम्म बुझाउनुपर्छ । ‘एकातिर किस्ता तिर्नुपर्ने चिन्ता छ, अर्कोतर्फ चिनियाँ भूभागमा रहेको कन्टेनर कुन अवस्थामा छ थाहा पाउनसमेत सकिएको छैन,’ सापकोटाले भने, ‘व्यवसायीको सम्पत्तिको सुरक्षा गरिदिन हामीले पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छौं ।’

भन्सार विभागका महानिर्देशक सुमन दाहालले सामानको आयात बढाउन वाणिज्य र परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कुराकानी भइरहेको जानकारी दिए । पहिले त चीनले नाकाबाट सामान ल्याउने कुरा नै नमानेको स्मरण गराउँदै उनले समस्या बताएपछि सावधानी अपनाएर काम सुरु गरेको बताए । ‘कोरोना र बाढीपहिरोका कारण केही समस्या भएको हो,’ उनले भने, ‘व्यवसायीको समस्या हल गर्न सक्दो प्रयास गरिरहेका छौं ।’

चीनले सामान बोकेको कन्टेनर रसुवा र तातोपानीको मितेरी पुलमा ल्याइदिने गरेको छ । सामान अनलोड गरेको केही बेरपछि मात्र नेपाली चालकले उक्त सामान लोड गर्ने गरेका छन् । ‘संक्रमण नफैलिने सबै उपाय अपनाइएको छ,’ दाहालले भने । कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले खबर लेखेका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x