×

NMB BANK
NIC ASIA

संक्रमितलाई छैन आइसोलेसन

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ।

Muktinath Bank

उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले घरमा बस्नुभएको हो’, हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईंले भने, ‘घरमै रहे पनि उहाँहरू नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ।’ हेटौंडा उपमहानर–१० का तीन जना, वडा नं ४ का एक जना र वडा नं ५ का चार जना घरमै छन्। मंगलबार पुष्टि भएका अन्य पाँच जना भने आइसोलेसनमा आएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७० बेड क्षमताको आइसालेसन भनिएकोमा हाल ४४ जना बसेका छन्। ‘साँघुरो भवन, अव्यवस्थित शौचालय, बसाइ र कम्पाउन्ड पनि साँघुरो छ’, आइसोलेसनमा रहेका हेटौंडा– ४ का एक युवाले भने, ‘यहाँ भएकै मान्छेको व्यवस्थापन गर्न सकेको छैन, थप मान्छे ल्याएर जोखिम मात्र बढाउने काम हुन्छ।’


Advertisment
Nabil box
Kumari

स्वास्थ्यकर्मीको अभावमा अस्पतालको आकस्मिक कक्षमै अन्य बिरामीसँगै कोरोनाको आशंका गरिएकाको पनि चेकजाँच गर्नुपरेको अस्पताल व्यवस्थापनले जनाएको छ। यसअघि आइतबार हेटौंडामा २३ जनामा कोरोना संक्रमण देखिएपछि समस्या समुदायस्तरमा फैलिएको पुष्टि भएको हो। मकवानपुरमा संक्रमितको संख्या ९७ पुगेको छ। विद्यालयमा आइसोलेसन वार्ड नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिए पनि अन्यत्र व्यवस्थापन हुन सकेको छैन।

Vianet communication
Laxmi Bank

हेटौंडाको गौरीटार रंगशालाको भवनमा आइसोलेसन वार्ड सार्ने भनिए पनि काम भएको छैन। जिल्लाभर २० मध्ये १७ क्वारेन्टाइन सामुदायिक विद्यालयमा राखिएको छ। ‘अब थपिने संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन कक्षको अभाव छ’, स्थानीय स्वास्थ्यकर्मी उत्सव चौलागाईंले भने, ‘कमजोर तयारीका कारण समुदायमा तीव्र गतिमा संक्रमण फैलँदै गएको छ।’ आइसोलेसन वार्डबाट २ सय २६ जनाको स्वाब संकलन गरिएकोमा ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी रहेको वार्ड इन्चार्ज चौलागाईंले बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रवीण श्रेष्ठका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति स्वाब परीक्षणको सिफारिस लिन आउँछन्।

स्वास्थ्यकर्मी अभावले जोखिम

हेटौंडा अस्पतालस्थित फिवर क्लिनिकका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि चार दिनदेखि आठ जना कर्मचारी क्वारेनटाइनमा छन्। उनीहरूसँगै क्लिनिकमा कार्यरत चिकित्सकलाई पनि मंगलबार कोरोना पुष्टि भएपछि सेवा प्रवाहमा समस्या भएको छ। ‘हामीले चौबिसै घण्टा क्लिनिक सञ्चालन गरिरहेका थियौं, स्वास्थ्यकर्मी अभावमा हामीले इमरजेन्सी कक्षबाटै सेवा दिनु परेको छ’, अस्पतालका मेसु श्रेष्ठले भने, ‘काम गर्न उच्च जोखिम र चुनौती थपिएको छ।’ अन्य बिरामी र संक्रमणको आशंका गरिएका सेवाग्राहीलाई एउटै कक्षमा परीक्षण गर्दा जोखिम बढेको छ।

संयन्त्र बैठकमै सीमित

कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि नियन्त्रण लिने संयन्त्रले प्रभावकारी काम गर्न सकेको छैन। कोरोनाका शंकास्पद बिरामीको प्रारम्भिक परीक्षण तथा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी छैन।

बागमती प्रदेशका अधिकारी, कोरोना नियन्त्रणको लागि काम गर्दै आएको कमान्ड पोस्टसहित स्थानीय तह र स्वास्थ्य संस्थाको बैठक दैनिकजसो हुन्छ। तर, प्रभावकारी समन्वय नहुँदा संक्रमण समुदायस्तरमा बढ्दै गएको छ। संक्रमण बढेपछि सोमबार राति १२ बजेदेखि साउन ३२ सम्मका लागि मकवानपुर प्रशासनले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। ‘हामीसँग बजेट हुँदैन, स्थानीय निकाय र स्वाथ्य संस्था र स्वास्थ्यकर्मीलाई सहजीकरण मात्र गर्ने हो’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कमान्ड पोस्ट प्रमुख दीपकराज नेपालले भने। आइसोलेसन वार्ड सार्ने र संख्या बढाउन पहल भइरहेको उनले बताए। अन्नपूर्ण पोस्टमा कृष्ण सारु मगरले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x