×

NMB BANK
NIC ASIA

गर्भवतीलाई अस्पताल भर्नामा सकस

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 बर्दियाको बाँसगढी नगरपालिका–४, लबडाकी २२ वर्षीया रुवि चौधरीलाई चिकित्सकले गत साउन १७ गते सुत्केरी हुने मिति तोकेका थिए । तर, तोकिएको समयमा सुत्केरी व्यथा लागेन ।

Muktinath Bank

दुई साता बिते पनि व्यथा नलागेपछि रुविका श्रीमान् रन्जित आत्तिए । त्यसपछि उनले श्रीमतीलाई भर्ना गर्न अस्पताल चहार्न थाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालगन्जस्थित शिक्षण अस्पतालमा भर्ना नपाएपछि भेरी अस्पताल पुगे । प्रसूति गृहका चिकित्सक र नर्समा कोरोना संक्रमण पुष्टि भएकाले उक्त अस्पतालले भर्ना गर्ने अवस्था नरहेको जनायो ।


Advertisment
Nabil box
Kumari

अस्पताल भर्नामा भइरहेको ढिलाइले रुविको ज्यान खतरामा परिरहेको थियो । धेरैतिर भौंतारिएपछि मंगलबार नेपालगन्जस्थित माँ जानकी अस्पतालमा शल्यक्रिया गरेर प्रसूति गराइयो । ‘तर, अस्पतालमा भोगेको दुःख भुल्न सक्दिनँ,’ रन्जितले भने ।

Vianet communication
Laxmi Bank

सोमबार डुडुवा गाउँपालिकाकी गर्भवती प्रीति खटिकको उपचारमै समस्या भयो । उनले दिनभरि अस्पताल खोज्न सास्ती व्यहोर्नु पर्‍यो । धेरैको पहलपछि सोमबार साँझ माँ जानकी अस्पतालमा उनको शल्यक्रिया भयो ।

पछिल्लो समय चिकित्सक र स्वास्थ्यकर्मीमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि अस्पतालका सेवा प्रभावित बन्न थालेका छन् ।

अस्पतालका प्रसूति गृहलगायत क्षेत्र सिल हुन थालेपछि गर्भवती महिलाले सास्ती खेप्नुपरेको हो । साउनको दोस्रो सातादेखि बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ ।

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गएको आइतबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारी कार्यालयलगायत सबै क्षेत्रमा संक्रमण देखिएको छ ।

सामान्य अवस्थामा भेरी अस्पताल नेपालगन्जमा दैनिक एक दर्जनभन्दा बढी महिला प्रसूति हुँदै आएका थिए । बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । कान्तिपुर दैनिकमा ठाकुरसिंह थारू र रूपा गहतराजले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x