×

NMB BANK
NIC ASIA

प्रहरी संगठनभित्र बढ्दै कोरोना संक्रमणको जोखिम

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 प्रदेश २ मा प्रहरी संगठनभित्र कोरोनाको जोखिम बढ्दै छ। सातवटै प्रदेशमध्ये यो प्रदेश उच्च जोखिममा छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यारेकभित्र कोरोना संक्रमण बढेको हो। लकडाउन कार्यान्वयन र अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी, गाउँदेखि सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र कोरोनाबाट संक्रमित शव व्यवस्थापनमा खटिएका नेपाली सेना र उनीहरूको सम्पर्कमा आएका अरूलाई कोरोना संक्रमण देखिएको हो।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश २ को मध्यपूर्वी पृतनाका पृतनापतिसहित नेपाली सेनाको संगठनभित्र १५ जना, नेपाल प्रहरीको संगठनभित्र इन्स्पेक्टरलगायत ९२ जना र सशस्त्र प्रहरीको संगठनभित्र डीएसपीसहित २२ जना कोरोना संक्रमित भएको स्रोतले जनाएको छ। प्रदेश २ कोरोना संक्रमणबाट हालसम्म ३३ जनाको मृत्यु भएको जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजयकुमार झाले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेना ब्यारेकमा कोरोना


Advertisment
Nabil box
Kumari

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ। रणभीम गण पर्कौली ब्यारेकका १५ जना सैनिकमा कोरोना संक्रमण भेटिएको महोत्तरीका सीडीओ कृष्णबहादुर कटुवालले जनाए। स्रोतका अनुसार क्याप्टेनसहित १५ जना संक्रमित भएका छन्। यसअघि आठ जना सैनिक संक्रमित भएका थिए। जलेश्वरमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्न खटिएका सेनामा कोरोना पुष्टि भएको हो।

Vianet communication
Laxmi Bank

स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोभिड फोकल पर्सन गिरेन्द्रकुमार झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओभरसियरमा कोरोना पुष्टि भएको थियो। विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराउँदा संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए। उनको कन्ट्याक्ट टे«सिङ आएका सहितका ५३ जनाको कोरोना परीक्षण गर्दा नेपाली सेनासहित ३० जनामा संक्रमण भेटिएको थियो।

कोरोनाले अनुसन्धान प्रभावित

प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन्। तालिमे प्रहरी, प्रशिक्षक प्रहरी हबलदार तथा इन्स्पेक्टरसम्मलाई कोरोना लागेको हो। थुनुवामा कोरोना भेटिएपछि प्रहरी कार्यालय नै सिल गर्नु परेको अवस्था छ। प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ।

साउन ५ गते वीरगन्जस्थित श्रीपुरबाट लागूऔषधसहित पाँच जना भारतीय पनि पक्राउ परे। उनीहरूमाथि मुद्दा चलाइयो। अदालतमा पेस गर्न जाँच गर्दा तिनीहरूमा संक्रमण देखियो। त्यसपछि श्रीपुर वडा प्रहरी कार्यालयलाई सिल गरियो। प्रहरी तालिम केन्द्र सप्तरीमा पनि कोरोना संक्रमण देखिएको छ। केही दिनपहिले धनुषास्थित जिल्लाा प्रहरी कार्यालयका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भयो। धनुषामा ब्यारेक सिल गरियो भने राजविराजमा केन्द्र। कोरोनाको जोखिम बढ्दै गएपछि अपराध अनुसन्धान गर्न कठिन बन्दै गएको प्रदेश प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले बताए।

सीमा कडाइ गर्न ‘रिजर्भ गण’

सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका अनुसार प्रदेशभरि कार्यरत २२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। सशस्त्र प्रहरी संगठनभित्र प्रहरी जवानदेखि डीएसपीसम्मलाई कोरोना पुष्टि भएको छ। नेपाल–भारत सीमा खुकुलो भएपछि प्रदेश २ मा कोरोना संक्रमण फैलिएको हो।

कोरोनाको महामारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले एसपीको नेतृत्वमा ‘रिजर्भ गण’ को अवधारणा ल्याएको छ। सीमा नाकाको सुरक्षालाई चुस्त बनाउन, हुलदंगा नियन्त्रण गर्न, विपद्मा राहत तथा उद्धारलगायतका कार्य प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘रिजर्भ गण’ को रणनीति अघि सारेको हो।

बर्दिबास एसपी सुरेन्द्र बुढाथोकीको नेतृत्वमा छिन्नमस्ता बाहिनी कार्यालयमा र बाराका एसपी मनोज थापाको नेतृत्वमा पिलुवास्थित भद्रकाली गण गरी दुई ‘रिजर्भ गण’को स्थापना गरिएको छ। दुवै गणमा ६२१ –६२१ जना जनशक्ति छन्। रिजर्भ गणका जनशक्तिलाई हाललाई सीमा सुरक्षामा खटाइने छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका डीआईजी कृष्णभक्त  व्रह्मचार्य जनाए।

त्यसैगरी लगातार पाँच महिनादेखि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आराम गर्न दिने गरी सशस्त्र प्रहरीले ‘रेस्ट एन्ड रिलिफ’ को अवधारणा पनि ल्याएको छ। प्र्रदेश २ का नाकाहरूबाट ३६ हजार ३ सय ५८ जना वैधानिक रूपमा प्रवेश गरेका छन्। उनीहरू कहाँ÷कहाँ छन् कुनै ठेगान छैन। प्रदेशभरि ४ सय ६४ किलोमिटरको नेपाली भू–भाग भारतको सीमासँग जोडिएको छ। आठ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ वटा ठूला—साना सीमा नाका छन्। सीमाबाट हुने आवतजावत बन्द गर्न अहिले ५३ स्थानमा बोर्डर आउट पोस्ट छ। सबै नाकामा सुरक्षाकर्मी रातदिन पहरा दिइरहेका छन्। सीमामा खान, बस्न सुरक्षाकर्मीलाई समस्या छ। वर्षा तथा हावाहुण्डरीबीच सुरक्षाकर्मी चार महिनादेखि खट्दै आएका छन्। राजकरण महतोले अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x