×

NMB BANK
NIC ASIA

‘द रक’ सबैभन्दा महँगा पुरुष कलाकार, अक्षयकुमार छैटौंमा

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ड्वेन जोनसन अर्थात् ‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगो पुरुष कलाकार बनेका छन्। फोब्र्स म्यागजिनका अनुसार रेस्लिङका पूर्वखेलाडी जोनसनले सन् २०१९ को जुनदेखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर कमाएका छन्।

Muktinath Bank

जोनसनले नेट्फ्लिक्स थ्रिलर ‘रेड नोटिस’बाट मात्र २३.५ मिलियन डलर हात पारेका छन्। लुगाको व्यवसाय ‘प्रोजेक्ट रक’ पनि उनको आयस्रोतको माध्यम हो। स्मरण रहोस्, गत वर्ष पनि उनी कमाइका हिसाबले महँगो कलाकारको पहिलो स्थानमै थिए। रेस्लिङ खेलमा ड्वेन जोनसनलाई ‘द रक’ नामले चिनिन्छ। उनले विश्व स्तरका १६ प्रतियोगिता जितेका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीबीसीका अनुसार सर्वाधिक कमाउने टप टेन कलाकारको कुल आय ५४५.५ मिलियन डलर छ। त्यसमध्ये एक चौथाइ नेट्फ्लिक्सबाट भएको आम्दानी हो।


Advertisment
Nabil box
Kumari

द रकसँगै रेड नोटिसमा देखिएका र्‍यान रेनोल्ड्स सर्वाधिक महँगो कलाकारको दोस्रो स्थानमा छन्। यिनले ७१.५ मिलियन डलर कमाएका छन्। रेनोल्ड्स क्यानेडियन फिल्म अभिनेता हुन्। यिनको ग्रीन लैंटर्ण र एक्स मेन अरिञ्जिसस् वूल्वरिन फिल्म चर्चित छ।

Vianet communication
Laxmi Bank

सूचीको तेस्रो स्थानमा कलाकार तथा निर्माता मार्क वाह्लवर्ग रहेका छन्। उनले ५८ मिलियन डलर कमाइ गरेका छन्। त्यसैगरी बेन अफ्लेक र भिन जेसेल क्रमशः चौथो र पाँचौं स्थानमा छन्।

छैटौंमा अक्षयकुमार

बलिउड फिल्म उद्योगबाट अभिनेता अक्षयकुमार मात्र फोब्र्सको टप टेनमा परेका छन्। उनी छैटौं स्थानमा रहे। उनको वार्षिक कमाइ ४८.५ मिलियन डलर छ। अक्षयको सर्वाधिक कमाइ विभिन्न कम्पनीको विज्ञापन गरेबापत भएको हो।

अक्षयकुमार हाल चलचित्र ‘बेल बटम’को छायांकनका लागि सपरिवार लण्डनमा छन्। भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अक्षय र उनको टिम चलचित्र छायांकनका लागि लण्डन पुगेको हो। उनीहरु, चार्टर फ्लाइटको माध्यमबाट लण्डन पुगेका हुन्। छायांकनका लागि अक्षयसँगै नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत लण्डनमा हुन्। कोरोना भाइरसको संक्रमण चलिरहेको समयमा अन्य निर्माताले चलचित्रको छायांकन सुरु नगरे पनि अक्षयले भने सधै डरमा बाँच्न हुँदैन भन्दै चलचित्रको छायांकन सुरु गरेका हुन्।

चलचित्र ‘बेल बटम’को छायांकन सकेर भारत फर्किएपछि अक्षयले चलचित्र ‘अतरंगी रे’को छायांकनका लागि बुक छन्। २ साताको सुटिङका लागि अक्षयले यो चलचित्रबाट २७ करोड पारि श्रमिक वुझेका छन्। आनन्द एल रायको निर्देशनमा बन्ने चलचित्रका लागि अक्षयले महंगो पारि श्रमिक लिएपछि यसले चर्चा पाइरहेको छ।

फोब्र्स म्यागजिनका अनुसार टप टेन सूचीका महँगो पुरुष अन्य कलाकारमा लिन म्यानुअल मिरान्डा, अभिनेता विल स्मिथ, एडम सान्डलर र ज्याकी च्यान छन्। अभिनेत्रीहरूको सूची भने सार्वजनिक गरिएको छैन। गत वर्ष अभिनेत्रीतर्फ भने ५६ मिलियन अमेरिकी डलर कमाइसहित स्कारलेट जोनसन सूचीको पहिलो नम्बरमा थिइन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x