×

NMB BANK
NIC ASIA

यातायात मजदुर सुजन माझी १५ वर्षका भए । उनी ५ वर्षको हुँदादेखि गाडी चालकहरूसँग हुर्किए, बढे ।

Muktinath Bank

आमाबुवा र घरपरिवारको अत्तोपत्तो छैन । उनको घर भने पनि, परिवार भने पनि सबै सार्वजनिक यातायात नै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘५ वर्षदेखि नै कुनै न कुनै बसमा गुरुजीहरूले लिएर जाने र आउने गर्थे,’ जनकपुरधामको दूल्हादुल्ही बसपार्कमा साउन २७ गते भेटिएका माझीले भने, ‘अहिले खलासी काम गर्दै आएको छु ।’ आफ्नो नाम सवारी चालक गुरुजीले नै राखिदिएको उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

घरपरिवार नभएकाले उनी बस हिँड्ने रुटका होटलमा खाना खाने र बसमा नै सुत्ने गर्छन् । चैत्र ११ गतेदेखि लकडाउन घोषणा भएसँगै सार्वजनिक सवारीसाधन चल्न पाएनन् । माझीलाई ठूलो संकट आएको छ ।

गाडी चल्दा दैनिक ५००–७०० रुपैयाँ कमाएर पेट पाल्ने माझी यतिबेला भोकभोकै समेत सुत्नुपर्ने बाध्यतामा छन् । ‘बस चलेको छैन, १ पैसा छैन, कहिले च्युरा त कहिले रेडीमेड भुजिया चाउचाउ खाएर बाँच्ने गरेको छु,’ माझीले भने, ‘होटेलमा खाना खान गयो भने पैसा माग्छन् । मसँग गोजीमा एकसूको पैसा छैन ।’ 

सर्लाहीका सन्तोष मण्डल ‘बाबाजी’ जालान ट्राभल्सको बसमा परिचालकको काम गर्छन् । धनुषाको जनकपुरदेखि सर्लाहीको मलंगवारसम्म चल्ने बसमा परिचालकको रुपमा काम गर्दा दैनिक ७०० रुपैयाँ आम्दानी हुने गर्थ्यो । लकडाउनपछि कमाइ नभएर मण्डलले नियमित खान पाएका छैनन् ।

‘शुरूका २० दिन जति जनकपुरको बसपार्कमा निःशुल्क खाना शिविर चल्दा २ छाकको खाना खान सकिएको थियो,’ मण्डलले भने, ‘त्यसपछि त साथीभाइको घर गएर कुनै कुनै दिन खाना खाने गरेको भए पनि कतिपय दिन भोकै बस्नुपरेको छ ।’

अन्य काम पनि नपाइएपछि कहिले मन्दिरमा गएर खाना खाने त कहिले भोकभोकै बस्नुपरेको उनी बताउँछन् । ‘साथीभाइको घरमा वा मन्दिरमा गएर खाना माग्न लाज लाग्छ, त्यसैले कतिपय दिन भोकै सुत्नुपरेको छ,’ उनले भने, ‘मागेर खाना खाने हो भने सधै कसले दिन्छ ?’

जनकपुरमा कोठा भाडा लिएर बसेका कारण १६ हजार रुपैयाँ घरभाडा बाँकी रहेको उनले बताए । गाउँमा पत्नी र २ छोराछोरी समेत पाल्न समस्या भएको उनले दुःखेसो पोखे । धान रोपाइँ हुँदा पत्नीले केही ज्याला गरेर धानिएको भए पनि २७ हजार रुपैयाँ ऋण परेको उनले बताए ।

महोत्तरीको जलेश्वर नगरपालिका–६ धबौलीका देवेन्द्र पाण्डे जनकपुरदेखि सप्तरीको राजविराजसम्म चल्ने धनलक्ष्मी ट्राभल्समा चालकको रुपमा काम गर्छन् । लकडाउनअघि दैनिक १ हजार २०० रुपैयाँ भत्ता कमाउने गरेका उनको आम्दानी उतिबेला पूर्ण रूपमा ठप्प छ । 

जनकपुरमा घरभाडा लिएर बसेका उनलाई ३ हजार रुपैयाँ मासिक घरभाडा नै तिर्नुपर्छ । बिजुली, पानी र घरपरिवारको खाना लगायत गरेर महिनाको १०–१२ हजार रुपैयाँ खर्च चाहिने गरेको उनले बताए । तर कमाइ ठप्प छ । लकडाउन भएदेखि हालसम्म १ लाख रुपैयाँ जति कर्जा लिएर खाएको उनले बताए ।

उनीजस्तै समस्यामा छन् अर्का चालक दिपक श्रेष्ठ । धनुषाको महेन्द्रनगर घर भएका श्रेष्ठ जनकपुरदेखि वीरगञ्जसम्म चल्ने चाँदतारा बसका चालक हुन् ।

लकडाउनपछि खर्च गर्न उनले ५० हजार रुपैयाँभन्दा बढी ऋण लिएको बताए । जनकपुरदेखि राजविराजसम्म चल्ने ना४ख ५१७३ नम्बरको बसका चालक सप्तरीको राजविराज निवासी भगवतीप्रसाद कर्णले पनि काम नपाएर बेरोजगार भएपछि १ लाख रुपैयाँभन्दा बढी ऋण लिएर जनकपुरमा परिवारको गुजारा गरिरहेको बताए ।

‘अरु क्षेत्रमा काम गर्ने मजदुर र श्रमिकले काम बन्द भए पनि महिनावारी तलब पाई नै रहेका छन्, धेरै समस्या भएको कारखाना वा संस्थामा कम्तिमा आधा तलब त पाएका छन्,’ उनले भने, ‘तर यातायात क्षेत्रमा आफूहरू दैनिक ट्रिप तथा भत्तामा काम गर्ने ज्यालादारी मजदुर भएका कारण महिनावारी तलब भए पो बस साहुसँग तलब माग्ने हो ।’

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । जनकपुरबाट मात्रै छोटो, मझौला तथा लामो दूरीमा गरेर दैनिक ५९० वटा बसहरू सञ्चालन हुने गरेका थिए । जनकपुरमा लकडाउनपछि १ हजार ७७० जना यातायात क्षेत्रका श्रमिक बेरोजगार भएका छन् । एउटा बसमा चालक, सहचालक र परिचालक गरेर कम्तिमा पनि ३ जना श्रमिक काम गर्छन् भने लामो दूरीका एउटा बसमा २ जनासम्म चालक हुन्छन् । छोटो तथा मझौला दूरीसम्मका २ वटा ढोका भएका एउटै बसमा २ जना परिचालक हुन्छन् ।

लामो दूरीमा काठमाडौं, धनगढी, नेपालगञ्ज, सुर्खेतसम्म चल्ने बसमा २ वटा चालक हुन्छन् । छोटो दूरीका चालकले १ हजार ५०० रुपैयाँ, मझौला दूरीको चालकले २ हजार रुपैयाँ र लामो दूरीका चालकले २ हजार ५०० रुपैयाँ प्रतिट्रीप ज्यालाको रुपमा भत्ता पाउने गर्छन् ।

यातायात व्यवसायी छुट्टै पीडा 

माँ जानकी यातायात प्रालि जनकपुरधामका सञ्चालक समिति अध्यक्ष मनोजकुमार चौधरीका ३ वटा बस छन् । प्रालिमा कूल १३९ जना शेयर सदस्य छन् । लकडाउन भएपछि यातायात व्यवसायीको अवस्था धेरै नै नाजुक भएको चौधरी बताउँछन् । 

कुनै पनि व्यवसायीले ३० प्रतिशत लगानी तथा बाँकी ७० प्रतिशत लगानी बैंक, वित्तिय संस्था, साहुकार लगायतबाट ऋण कर्जा लिएर नै बस किनेर सडकमा सञ्चालन गर्ने गरेको उनी बताउँछन् । ‘साढे ४ महिनादेखि सार्वजनिक यातायातका बस पूर्णरूपमा ठप्प हुँदा प्रतिदिन हुने गरेको आम्दानी त गुमेको छ नै, घरपरिवारको गुजारा चलाउन समेत धौधौ परेको छ,’ चौधरीले भने, ‘बिमा, बैंकको ब्याज, कर सहितको किस्ता कसरी चुकाउने भन्ने समस्या उत्पन्न भएको छ नै, घरपरिवार चलाउन समेत ऋण लिएर गुजारा गर्नुपर्ने अवस्था छ ।’

छोटो दूरीमा सञ्चालनमा रहेका बस सञ्चालकले ४० हजार रुपैयाँ, मझौला दूरीमा ८० देखि ८५ हजार रुपैयाँ र लामो दूरीमा चल्ने बस सञ्चालकले डेढ लाख रुपैयाँसम्म मासिक बैंक किस्ता नै बुझाउनुपर्ने उनले बताए । उनका अनुसार बस चलेको अवस्थामा छोटो दूरीमा २ हजार रुपैयाँ, मझौला दूरीमा ३ हजार रुपैयाँ र लामो दूरीमा ५ देखि ७ हजार रुपैयाँसम्म प्रतिदिन आम्दानी हुने गर्छ । औसत रूपमा १ दिनमा ५ हजार रुपैयाँ आम्दानीको दरले जनकपुरका ५९० वटा बसले अनुमानित २९ लाख ५० हजार रुपैयाँ दैनिक आम्दानी गुमाउनुपरेको छ । १३८ दिनको हिसाब गर्दा ४० करोड ७१ लाख रुपैयाँका आम्दानीको अवसर गुमेको जनाइएको छ ।

जनकपुरमा मात्रै होइन, २ नम्बर प्रदेशको वीरगञ्जसहित अन्य जिल्लामा पनि त्यसैअनुसार यातायात क्षेत्रमा क्षति भएको छ । धेरै क्षति हुँदाहुँदै पनि संघ, प्रदेश र स्थानीय सरकारमध्ये कसैले पनि कुनै प्रकारको सम्बोधन नगरेको उनको गुनासो छ ।

यातायात सञ्चालन अझै अनिश्चित 

भदौ १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भनेर यसअघि गरिएको निर्णयबाट सरकार पछि हटेको छ । यातायात सञ्चालन कहिलेदेखि हुने हो अझै अनिश्चित छ । पार्किङमा राखेका बसमा घाँस उम्रिन थालेको व्यवसायी बताउँछन् । ‘बस नचले पनि प्रत्येक बसको इन्जिन मोबिल, क्राउन आयल, गियर आयल, ब्रेक आयल, ब्याट्री नयाँ हाल्नुपर्छ । एकै ठाउँमा लामो समयसम्म टायर राखिएपछि टायरले समेत एयर लिने गर्छ । त्यसलाई ठीक पारे मात्र बसपार्कमा रहेको बस सडकमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘यी सबै मर्मतमा कम्तिमा पनि २ देखि साढे २ लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने हुन्छ । झन् ऋण थप्नुपर्ने भयो ।’

अब बस सञ्चालन गर्न कागजपत्र समेत दुरुस्त राख्नुपर्ने उनले बताए । ‘प्रायःजसो सबै गाडीको बिमा अवधि सकिएको छ । यातायात व्यवसायी महासंघको पहलमा ८३ दिनको बिमा छुट गरिएको छ । तर हालसम्म पनि बस चलाउन नपाएकाले बन्द रहेको सबै अवधिको बिमा छुट हुनुपर्छ,’ उनले भने, ‘रोड परमिट, सवारी जाँचपास, सवारी कर लगायत सबै नवीकरण गर्दा पनि पैसा लाग्छ । कमाइ छैन, खर्च नै खर्च । यी कुरामा सरकारले छुट दिनुपर्छ ।’

बस सञ्चालनमा आउँदा मजदुरको सुरक्षाका लागि मास्क, स्यानिटाइजर, पीपीई लगायत उपकरण प्रदेश सरकारले सहयोग गर्नुपर्ने व्यवसायीको माग छ । ‘हाम्रो खर्चले धान्न सक्दैन,’ उनले भने, ‘बस स्यानिटाइज गर्ने काम स्थानीय सरकारले गरिदिनुपर्छ ।’

कुनै गल्ती विना बस सञ्चालनमा कसैले अवरोध गरे १ दिनको ३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने कानून रहेको बताउँदै उनले संघ सरकारले लकडाउन अवधिभरको दैनिक ३ हजारका दरले यातायात व्यवसायीलाई क्षतिपूर्ति सहितको विशेष राहत प्याकेज ल्याउनुपर्ने बताए । ‘बस पार्किङको जग्गाबापत ३५ हजार रुपैयाँ गुठी संस्थानलाई कुत बुझाउनुपर्ने भएकाले यो रकम समेत प्रदेश सरकारले तिरिदिनुपर्छ,’ उनले भने, ‘यातायात कम्पनीको प्रधान कार्यालय जनकपुरसहित विभिन्न ठाउँमा रहेका शाखामा कार्यरत ८५ जना तलबी कर्मचारीको मासिक तलब समेत प्रदेश सरकारले दिनुपर्छ ।’

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल पनि अन्य क्षेत्रभन्दा बढी क्षति यातायात क्षेत्रका श्रमिक तथा व्यवसायीले भोग्नु परेको स्वीकार गर्छन् । तर हालसम्म यातायात क्षेत्रलाई सम्बोधन गर्न कुनै पनि विशेष राहतको प्याकेज भने ल्याउन नसकिएको बताउँछन् । ‘प्रदेश सरकारले छिट्टै प्रदेशका यातायात व्यवसायी तथा मजदुर संगठनका साथीहरूसँग बसेर के कस्ता समस्याहरू छन्, त्यसबारे छलफल गर्नेछौं,’ मन्त्री सोनलले लोकान्तरसँग भने, ‘प्रदेश सरकारसँग रहेको स्रोतसाधन, क्षमता तथा सामर्थ्य अनुसार केही न केही राहत दिनेछौं ।’

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x