बाइडेन र ह्यारिसले गरे ट्रम्पको चर्को आलोचना

अमेरिकामा राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पमाथि कठोर आक्रमण गरेका छन् । 

पहिलोपटक संयुक्त अभियान चलाएका बाइडेन र ह्यारिसले कोरोनाभाइरस महामारीको व्यवस्थापन गर्न ट्रम्प नराम्ररी चुकेको बताए । रंगभेदका आधारमा समाजलाई विभाजित गर्न खोज्ने ट्रम्पलाई आफूहरूले अवश्य हराउने उनीहरूको भनाइ छ । 
 


Advertisement

ह्यारिसलाई बाइडेनले उपराष्ट्रपति पदको उम्मेदवार छानेकोमा ट्रम्पले आलोचना गरेका थिए । यस विषयमा प्रतिक्रिया दिँदै बाइडेनले भने, ‘ट्रम्पलाई सशक्त महिलाहरूसँग समस्या रहेको कुराले कसैलाई आश्चर्यमा पार्छ र ?’
 

रंगभेदका कारण अमेरिका तनावग्रस्त रहेको र यसका लागि ट्रम्प जिम्मेवार भएको बाइडेन र ह्यारिसको भनाइ छ । 
 


Advertisement

बाइडेनले भने, ‘नवनाजीहरू श्वेत सर्वोच्चतावादीहरू मशाल लिएर निस्केको अनि अमेरिकाको सडकमा हिटलरको जर्मनीको जस्तो कुरा गर्ने गरेको याद छ नि ?’
 

ह्यारिसले पनि ट्रम्पमाथि प्रहार गर्दै भनिन्, ‘महामारी व्यवस्थापनमा राष्ट्रपतिले गलत तरिका अपनाएकाले द ग्रेट डिप्रेसनपछि सबभन्दा खराब आर्थिक संकटमा अमेरिका रहेको अनि त्यसमाथि रंगभेद र प्रणालीगत अन्याय भइरहेको अवस्था छ । अमेरिकाले सक्षम नेतृत्वको माग गरिरहेको छ ।’ 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्