
नेपाली बजारमा बुधवार ऐतिहासिक गिरावट आएको सुनको मूल्य पुनः बढेको छ ।
बुधवार ६ हजार २ सय रुपैयाँले घटेको छापावाल सुन बिहीवार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ ।
यसदिन छापावाल सुन प्रतितोला ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीवार तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।