फेरि बढ्यो सुनको मूल्य

नेपाली बजारमा बुधवार ऐतिहासिक गिरावट आएको सुनको मूल्य पुनः बढेको छ । 

बुधवार ६ हजार २ सय रुपैयाँले घटेको छापावाल सुन बिहीवार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ ।


Advertisement

यसदिन छापावाल सुन प्रतितोला ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो  ।

यस्तै बिहीवार तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

यसदिन चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्