रुसको खोपका विषयमा उठ्यो अनेकौं प्रश्न, दियो यस्तो जवाफ

रुसले कोरोना खोपका विषयमा संसारले उठाएको प्रश्न आधारहीन भएको बताएको छ । 

खोप असुरक्षित रहेको भनी लगाइएको आरोपमा कुनै दम नभएको बताउँदै रुसले खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेको बतायो । 


Advertisement

दुई महिनाभन्दा कम समय चलेको ह्युमन ट्रायलको आधारमा रुसले खोपका विषयमा नियामक निकायसँग स्वीकृति लिएको छ । 

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराशकोले एक समाचार संस्थालाई बताए, ‘रुसको खोपका विषयमा उठाइएका प्रश्न बजार प्रतिस्पर्धाका कारण आएका हुन् । मानिसहरू निराधार रूपमा आफ्ना विचार राखिरहेका छन् ।’


Advertisement

मानिसहरूलाई यो खोप छिट्टै उपलब्ध गराउने उनले बताए । 

उनले भने, ‘अबको दुई हप्तामा खोपको पहिलो प्याकेज उपलब्ध हुनेछ । यो विशेषगरी चिकित्सकहरूका लागि बनाइएको हो ।’

रुसी अधिकारीहरूले अक्टोबर महिनामा व्यापक मात्रामा खोप लगाउने अभियान चलाउन लागेका छन् । 

विश्व स्वास्थ्य संगठनले रुसलाई खोपको समीक्षा गर्न भनेको छ । तेस्रो चरणको क्लिनिकल ट्रायलमा पुगेका ६ खोपको सूची संगठनले बनाएकोमा यो खोप त्यसमा सूचीकृत छैन । 

रुसले खोप उत्पादनसँगै तेस्रो चरणको क्लिनिकल ट्रायल पनि जारी छ । 

अमेरिका र युरोपको मिडिया तथा स्वास्थ्य अधिकारीहरू लगातार यस भ्याक्सिनका विषयमा प्रश्न उठाइरहेका छन् । जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले चिन्ता व्यक्त गर्दै खोपलाई सही तरिकाले परीक्षण नगरिएको बताए ।

लाखौं मानिसमा खोप परीक्षण गर्नु खतरनाक हुन सक्ने उनले बताए । गलत खोप लगाउँदा मानिसको मृत्यु हुन सक्ने उनको भनाइ छ । 

युरोपका प्रसिद्ध अनुसन्धाता इसाबेल इम्बर्टले हतारमा महामारीको उपचार गर्नु खतरनाक हुने बताएकी छन् । 

अमेरिकाका सरुवा रोग विशेषज्ञ तथा ह्वाइट हाउस सल्लाहकार एन्थोनी फाउचीले रुसको खोपमा सन्देह प्रकट गरेका छन् । 

मस्कोस्थित एसोसिएसन अफ क्लिनिकल ट्रायल अर्गनाइजेसनले स्वास्थ्य मन्त्रालयलाई तेस्रो चरणको परीक्षण पूरा नहुन्जेल स्वीकृति नदिन आग्रह गरेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्