×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध पहिलो खोप लगाउने पुटिनकी कुन छोरी ?

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसविरुद्धको खोप तयार पारेको दाबी गर्दै आफ्नी छोरीले पनि खोप लगाएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य मन्त्रालयले यसलाई स्वीकृति दिइसकेको र अब यसको डोज व्यापक मात्रामा तयार पारिने पुटिनले जानकारी दिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिनकी छोरीलाई खोप दिइएको खबर आएपछि कुन चाहिँ छोरी भनी चर्चा शुरू हुन थालेको छ । 


Advertisment
Nabil box
Kumari

पुटिनका दुई छोरी छन् । उनीहरूमध्ये कसलाई खोप दिइएको भनी खुलाइएको छैन । 
 

Vianet communication
Laxmi Bank

पुुटिन निजी जीवनलाई सार्वजनिक चर्चामा ल्याउँदैनन् । उनका परिवारका सदस्यको झलक कमै मात्र पाइन्छ । 

पुटिनका दुई छोरीको नाम मारिया पुटिना र येकातेरिना पुटिना हो । 

उनले सार्वजनिक रूपमा कहिले पनि छोरीहरूको नाम लिने गरेका छैनन् । येकातेरिना कान्छी छोरी भएको बताइन्छ । 

मस्कोमा क्याट्रिना तिखानोभा नाम राखेर बस्ने गरेको भनी येकातेरिनाको सन् २०१५ मा चर्चामा आएकी थिइन् । 

उनी एक्रोब्याटिक डान्सर हुन् र अनेकौं च्याम्पियनशिपमा भाग लिइरहन्छिन् । उनी टीभी शोमा पनि देखिएकी छन् । 

समाचार संस्था रोयटर्सका अनुसार, ३३ वर्षीया कट्रिना तिखानोभालाई मस्को स्टेट युनिभर्सिटीमा आर्टिफिसियल इन्टेलिजेन्स इन्स्टिच्युटको प्रमुखका रूपमा नियुक्त गरिएको छ । उनी कैयौं वर्षदेखि विश्वविद्यालयमा वरिष्ठ पदमा छिन् । उनले फिजिक्स र म्याथमा मास्टर्स गरेकी छन् । 
 

येकातेरिनाले सन् २०१३ मा किरिल शामालोभसँग विवाह गरेको बताइन्छ । किरिल रोजिया बैंकका सहसञ्चालक निकोलाय शामालोभका छोरा हुन् । 
 

निकोलाय भ्लादिमिर पुटिनका पुराना साथी भएको बताइन्छ । किरिल चाहिँ तेल र पेट्रोकेमिकल्स उद्योगका ठूला व्यापारी हुन् । 

उनी रुस सरकारको आर्थिक सल्लाहकार पनि रहिसकेका छन् । 

सन् २०१८ मा उनीहरूको डिभोर्स भएको बताइन्छ । 
 

पुटिनकी जेठी छोरी मारिया एन्डोक्राइनोलोजिस्ट हुन् । उनलाई मारिया वोरोन्त्सोभा नामले समेत चिनिन्छ । 

उनी लेनिनग्रादमा जन्मेकी हुन् । उनी मस्कोको एक अपार्टमेन्टमा फर्जी नाममा बसिरहेको बताइन्छ । 

एक वैज्ञानिकका रूपमा उनले इन्डोक्राइनोलोजी सेन्टरमा काम गर्ने गरेको समेत बताइन्छ । उनले एक डच पुरुषसँग विवाह गरेको र एक छोरी जन्माएको पनि खबर छ । 

द न्युयोर्क टाइम्सले छापेको एक खबरअनुसार, मारिया महानगरको विलासी जीवन जिउँछिन्, विदेश भ्रमण गरिरहन्छिन् र उनका थुप्रै युरोपेली साथी छन् । 

रोयटर्स समाचार संस्थाका अनुसार, पुटिनले परिवारको निजता कायम राख्न अपील गरेका थिए । छोरीहरूले सामान्य बाल्यकाल बिताउन सकून् भनेर पुटिनले गोप्यता कायम राख्न जोड दिएका हुन् । 

पुटिनले सन् १९८३ मा ल्युडमिला पुटिनासँग विवाह गरेका थिए । मारिया र येकातेरिनालाई ल्युडमिलाले नै जन्माएको मानिन्छ । सन् २०१४ मा पुटिन र ल्युडमिला छुट्टिएका थिए । 
 

ल्युडमिला पनि सार्वजनिक चर्चाबाट टाढै छिन् । तर रुसकी प्रथम महिलाका रूपमा उनले अनेकौंपटक विदेश भ्रमण गरेकी छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x