कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चीनका राष्ट्रपति सी चिनफिङले खाना खेर फ्याँक्नेहरूका विरुद्ध कठोर अभियानको शुभारम्भ गरेका छन् ।
‘खाना खेर फ्याँक्नु लज्जास्पद काम हो र ठिक्क मात्र लिनु सम्मानजनक काम हो,’ सीले दिएको बयान मंगलवार प्रकाशित भएको हो । देशमा खेर फालिने खानाको मात्रा स्तब्ध तथा चिन्तित बनाउने खालको भएको उनले बताए भनी सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ ।
एउटा कविता उद्धृत गर्दै उनले भने, ‘कठोर परिश्रमले उब्जाएको अन्नबाट हाम्रो खानेकुरा बन्छ भन्ने कसलाई थाहा छ ?’
‘हामीले खाद्य सुरक्षालाई संकटका रूपमा हेर्नुपर्छ । कोभिड–१९ महमारीले सचेत हुनुपर्ने सन्देश दिएको छ ।’
चीनमा बाढीका कारण अन्नबाली नष्ट भएको कैयौं हप्तापछि खाद्य सुरक्षाको विषय उठाइएको हो । बाढीका कारण खाद्यान्नको मूल्य बढेको छ । कोभिड–१९ ले त्यसअघि नै चिनियाँ अर्थतन्त्रलाई नकारात्मक असर पारेको थियो ।
खाद्य सुरक्षा चीनका लागि सधैं प्राथमिकताको विषय हो । अहिले अमेरिका तथा अन्य मुलुकसँग व्यापार संघर्ष गरिरहेको चीनका लागि खाद्य सुरक्षा झनै महत्त्वपूर्ण बनेको छ । चीनमा २० देखि ३० प्रतिशत अन्नबाली आयात हुने गरेको अनुमान छ ।
सीको बयानपछि स्थानीय अधिकारीहरू तत्कालै खाना खेर फाल्ने कामविरुद्ध विभिन्न प्रस्ताव लिएर अघि आएका छन् ।
सन् २०१३ मा शुरू गरिएको पहल अपरेसन एम्प्टी प्लेट (खाली थाल) लाई सीको अहिलेको भाषणले झनै तीव्र बनाएको छ ।
वुहान क्याटरिङ इन्डस्ट्री एसोसिएसनले रेस्टुराँहरूलाई एन माइनस वान अर्डरिङको व्यवस्था लागू गर्न आह्वान गरेको छ । अर्थात्, समूहमा आएका मानिसले रेस्टुराँमा मानिसको संख्याभन्दा एक प्लेट कम अर्डर गर्नुपर्नेछ ।
रेस्टुराँहरूले सानो थाल प्रयोग गर्नुपर्ने र छाक पनि सानो पस्किनुपर्ने र बढी भएको खाना प्याकेटमा पोको पारेर लैजाने व्यवस्था मिलाउनुपर्नेछ ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...