×

NMB BANK
NIC ASIA

फूटबल जगतलाई नै चकित पार्ने गसिप : रोनाल्डोलाई बार्सिलोनाले किन्ला ?

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फूटबल जगतका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई बार्सिलोना आउने अफर दिइएको स्पेनी फूटबल विज्ञ गिलेम बालागले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

रोनाल्डोले यस सीजनमा युभेन्टसलाई सेरी ए उपाधि जिताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर युभेन्टसलाई च्याम्पियन्स लीगको ट्रफी उचाल्ने इच्छा तीव्र रहेकाले रोनाल्डोलाई सन् २०१८ मा भित्र्याएको थियो । लगातार दुई सीजन रोनाल्डो हुँदा पनि युभेन्टस च्याम्पियन्स लीगमा प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । यसले गर्दा रोनाल्डो आफैं निराश भएका छन् । 


Advertisment
Nabil box
Kumari

युभेन्टस च्याम्पियन्स लीगबाट बाहिरिएपछि प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरिएको छ र उनको स्थानमा आन्द्रिया पिर्लोलाई ल्याइएको छ । 

Vianet communication
Laxmi Bank

तर युभेन्टसले रोनाल्डोलाई बेच्न खोजिरहेको खबर पनि आइरहेका छन् । 

फ्रान्सेली सञ्चारमाध्यमहरूले रोनाल्डो पेरिस सेन्ट–जर्मान आउन चाहेको खबर दिइरहेका छन् ।

तर फूटबलविज्ञ बालागका अनुसार, रोनाल्डाका एजेन्ट होर्खे मेन्डेसलाई नयाँ क्लब खोज्न निर्देशन दिइएको छ । त्यसक्रममा उनले बार्सिलोनालाई पनि भेटेका छन् । 

रोनाल्डोलाई बार्सिलोनाले भित्र्याएमा लियोनल मेस्सीसँग खेल्नेछन् । लामो समयसम्म एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका यी दुई खेलाडीले करीयरमा पहिलोपटक सँगै खेल्ने परिस्थिति निर्माण हुँदा प्रशंसकहरू खुशी हुने पक्का छ । 

‘क्रिस्टियानो रोनाल्डोलाई पीएसजीसँग जोड्नु भनेको पीएसजीले उनलाई किन्न खोजेको भन्ने हैन । होर्खे मेन्डेसलाई रोनाल्डोका लागि नयाँ क्लब खोज्नू भनी निर्देशन आएकाले खबरहरू आएका हुन्,’ बालागले बीबीसी रेडियो ५ लाइभमा बताए । 

‘विगत ६ महिनादेखि उनलाई रियाल मड्रिडसँग जोडिएको थियो । उनीहरूले चाहिँ स्पष्ट रूपमा रोनाल्डोलाई फिर्ता लिँदैनौँ भने । रोनाल्डोलाई महंगो पारिश्रमिक तिर्नुपरेकाले युभेन्टस उनलाई छिटो बेच्न चाहन्छ । त्यसैले अमेरिकाको एमएलएस टीमसँग पनि कुरा चलिरहेको छ ।’

‘परिस्थिति यति गम्भीर बनिसकेको छ कि उनलाई बार्सिलोनामा समेत अफर गरिएको छ । तर उनलाई महंगो पैसा तिरेर किन्न जुनसुकै क्लब पनि हिच्किचाउँछ ।’

एक्सप्रेस डट् को डट् युकेबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x