इजरायलले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण गरेको दाबी, इरान सतर्क

इजरायलको रक्षा मन्त्रालयले एरो मिसाइल डिफेन्स इन्टरसेप्टर नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण हालै सम्पन्न गरेको पुष्टि गरेको छ । 

उक्त प्रणाली अमेरिकी कम्पनी बोइङले बनाएको र त्यसलाई यूएस मिसाइल डिफेन्स इन्टरसेप्टरको सहकार्यमा विकसित गरिएको बताइएको छ । 


Advertisement

तेल अभिभले बुधवार एक बयान जारी गरेर एरो हतियार प्रणालीको परीक्षणका लागि मंगलवार एयरस्पेसहरू बन्द गरिएको जानकारी दियो । स्प्यारो टार्गेट मिसाइलविरुद्ध एरो २ इन्टरसेप्टर उपयोग गरिएको इजरायलको रक्षा मन्त्रालयले जनाएको छ । 
 

एरो इन्टरसेप्टर इजरायलमा दशकौंदेखि छ तर एरो ३ चाहिँ सबभन्दा विकसित हतियार हो । 


Advertisement

इजरायलले परीक्षण गरेको एरो २ को अधिकतम दायरा ९० किलोमिटर छ । यसले ५०० किलोमिटरको दायरामा टार्गेट पत्ता लगाउन सक्छ र तिनलाई १० देखि ५० किलोमिटरको उचाइमा इन्टरसेप्ट गर्न सक्छ । 

अमेरिकाले एरो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकासमा उल्लेख्य लगानी गर्ने गरेको छ । यस प्रणालीका अधिकांश अवयवहरू बोइङले बनाएको हो । 
 

एरो २ का दुईवटा ब्याट्रीहरू इजरायली प्रतिरक्षा बलसँग सन् २००२ देखि नै छन् । 

इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमले आफ्नो अस्तित्व नै खतरामा पारेको र सैन्य तयारी गर्नुपरेको इजरायलको तर्क छ । 

तेहरानले चाहिँ आणविक विकास नागरिक प्रयोजनका लागि मात्र गरेको अनि ब्यालिस्टिक क्षेप्यास्त्रहरू विदेशी आक्रामकतालाई रोक्नका लागि मात्र तैनाथ गरिएको बताउँदै आएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्