कोेभिड : न्युजील्यान्डमा देखियो समुदायमा संक्रमण

न्युजील्यान्डमा बिहीवार १३ वटा समुदाय संक्रमणका कोभिड केसहरू देखिएका छन् । १०२ दिनसम्म स्थानीय संक्रमण नदेखिएको न्युजील्यान्ड ताजा संक्रमणका कारण रन्थनिएको छ । 

नयाँ क्लस्टरमा कुल १७ वटा केस छन् । यसले गर्दा देशको सबभन्दा घना बस्ती भएको शहर अकल्यान्डमा लकडाउन लगाइएको छ । अधिकारीहरू संक्रमणको स्रोत पत्ता लगाउनका लागि कोशिश गरिरहेका छन् । 


Advertisement

न्युजील्यान्डमा अहिले ३६ वटा सक्रिय संक्रमणका केस छन् जसमा आयातित केस पनि पर्छन् । 

समग्र आँकडा हेर्दा त्यहाँ १२ सय ३८ वटा केस पुष्टि भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ । 


Advertisement

संक्रमणको संख्या बढ्न सक्ने भनी अधिकारीहरूले चेतावनी दिएका छन् । यसले गर्दा अकल्यान्डमा तीन दिनका लागि लगाइएको लकडाउन थप्न सकिने र आमनिर्वाचनको मिति पनि सार्नुपर्ने हुन सक्ने देखिएको छ । 

‘कोभिडका विषयमा हामीले बटुलेको अनुभवबाट के सिक्यौं भने क्लस्टर पहिचान भएपछि संक्रमण बढ्छ अनि बिस्तारै घट्छ,’ प्रधानमन्त्री जासिन्दा आर्डर्नले बिहीवार पत्रकार सम्मेलनमा भनिन् । ‘अहिले पनि त्यही हुने अपेक्षा गरौं ।’

न्युजील्यान्डमा कोरोना संक्रमण पुनः देखिनु नाटकीय छ किनकि उसले महामारी व्यवस्थापनका विषयमा विश्वमै उदाहरण प्रस्तुत गरेको थियो । १०२ दिनसम्म स्थानीय संक्रमण नदेखिएपछि मानिसहरू सामान्य जीवनशैलीमा फर्किन थालेका थिए । 

तर मंगलवार अकल्यान्डमा चारजनाको परिवारमा कोरोनाभाइरस देखियो जबकि उनीहरूले विदेशयात्रा गरेका थिएनन् र संक्रमितसँग भेटघाट पनि गरेका थिएनन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्