कोरोनाले मृत्यु हुनेको संख्या ९५ पुग्यो, कुन प्रदेशमा कति ?

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने कूल संक्रमितको संख्या ९५ पुगेको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृतकमध्ये ७३ पुरुष र २२ महिला रहेका जानकारी दिए । 


Advertisement

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो । महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषाको मिथिलाका ८५ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, अछामको रामारोशनका १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा र मोरङको विराटनगरका ५७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा निधन भएको छ ।

मृतकमध्ये प्रदेश १ का ८ जना, प्रदेश २ का ३९ जना, बाग्मतीका १८, गण्डकीका ६, प्रदेश ५ का १२, कर्णाली ४ र सुदूरपश्चिमका ८ जना रहेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्