मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड संक्रमणको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका ३८ प्रयोगशालामा भएको परीक्षणबाट ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म देशभर कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको प्रवक्ता गौतमले बताए । यससँगै देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका छन् भने १६ हजार ८३७ जना डिस्चार्ज भइरहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् ।
देशभरका क्वारेन्टीनमा १४ हजार ७६९ जना रहेका प्रवक्ता गौतमले जानकारी दिए । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् भने संक्रमित शून्य रहेका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने कूल संक्रमितको संख्या ९५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृतकमध्ये ७३ पुरुष र २२ महिला रहेका जानकारी दिए । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो ।
महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषाको मिथिलाका ८५ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, अछामको रामारोशनका १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा र मोरङको विराटनगरका ५७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा निधन भएको छ ।
मृतकमध्ये प्रदेश १ का ८ जना, प्रदेश २ का ३९ जना, बाग्मतीका १८, गण्डकीका ६, प्रदेश ५ का १२, कर्णाली ४ र सुदूरपश्चिमका ८ जना रहेका छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...