×

NMB BANK
NIC ASIA

नेपालमा कोरोना संक्रमणसँगै बढ्यो मृत्युको ग्राफ, ५० प्रतिशत मृतक पुरानो रोग नभएका !

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ ।  बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड–१९ संक्रमित ३५ को मृत्यु भएको छ । यससँगै हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको मृत्यु भएकामा साउन लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोग व्यक्ति छन् । 


Advertisment
Nabil box
Kumari

नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय मुलुकमा तीन प्रतिशत माथि पुगेको छ । तथ्याङ्क हेर्दा मुलुकमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक साताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रष्ट तस्वीर पाइन्छ ।

Vianet communication
Laxmi Bank

साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौं उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौं जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ । 

मन्त्रालयका अनुसार अहिले मुलुक दोस्रो तहको सङ्क्रमणमा छ । “निश्चित क्षेत्रमा महामारीका रुपमा कोभिड–१९ फैलिएको छ, अझै नियन्त्रण बाहिर गएको छैन”, मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, “काठमाडौंसहित पर्सा, रौतहट र  महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रुपमा देखिन्छ, त्यसपछि दोस्रोमा मोरङ, बाँकेलगायत केही जिल्ला छन् ।”

उनले मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको बताए । दुई मिटर दूरी कायम गरेर नियमित मास्क मात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । “जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, अनि कसरी सङ्क्रमण रोक्न सकिन्छ”, डा गौतमले आक्रोशपूर्ण रुपमा भने ।

जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ ।

मुलुकभर बन्दाबन्दी घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तरराष्ट्रिय सीमा नाका आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको छ । आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासनलाई दिइएको छ । सोहीअनुसार कतिपय जिल्ला र स्थानीय तहले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि  निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ । 

एक हप्ताको सङ्क्रमण र मृत्युको अवस्था

साउन २२ देखि २८ सम्म एक साताका अवधिमा मात्रै ३१ जनाले ज्यान गुमाएका छन् । आज थप चार जनाले ज्यान गुमाए । साउन २८ गते ४६४ जना नयाँ पोजेटिभ देखिँदा त्यसमा १३९ जना काठमाडौं उपत्यकाका थिए । त्यसमा पनि १०९ जना काठमाडौं जिल्लाका भेटिए । धनुषाका दुई तथा काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकएक गरी बुधबार एकै दिन सबैभन्दा बढी आठ जनाले ज्यान गुमाए ।  

आजसम्म ९५ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । साउन २७ गते ६३८ नयाँ सङ्क्रमित थपिएकामा उपचारका क्रममा रहेका काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोकका गरी चार जनाको मृत्यु भयो । उपत्यकामा १३६ नयाँ सङ्क्रमित भेटिए । 

साउन २६ गते चार जनाले ज्यान गुमाए । त्यस दिन ३३८ नयाँ संक्रमितमध्ये ४४ जना उपत्यकाका थिए ।  साउन २५ गते ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाले ज्यान गुमाए । साउन २४ गते ३७८ जना मध्ये उपत्यकामा ६२ जनामा देखियो । त्यस दिन तीन जनाले ज्यान गुमाए । साउन २३ मा ४६२ जनामा देखिएको थियो । उपत्यकामा मात्रै १०६ जना भेटिए । त्यस दिन पाँच जनाको मृत्यु भएको थियो । 

साउन २२ गते ३७० जना सङ्क्रमित हुँदा उपत्यकामा ८७ जना थिए । त्यस दिन पनि पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज मात्रै ५२५ नयाँ सङ्क्रमित थपिए । हालसम्म झण्डै २५ हजार सङ्क्रमित फेला परेका छन् । मुलुकमा उपचारपछि निको भएको दर भने आशालाग्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ६८ दशमलव ५ प्रतिशत छ । अहिले सरकार परीक्षणको दायरा बढाउँदै दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्न सक्ने अवस्थामा पुगेको छ । 

प्रदेश नं २ मा बढी मृत्यु 

प्राप्त विवरणमा कोभिड–१९ का कारण सबैभन्दा बढी मानवीय क्षति प्रदेश नं २ मा भएको छ । आजसम्मको विवरणमा प्रदेश नं २ मा ३९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यसपछि दोस्रोमा वाग्मती प्रदेशमा १८ जनाले ज्यान गुमाएका छन् । प्रदेश नं १ मा आठ, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको छ । 

लकडाउन समाप्तिपछि परीक्षण गरिएकामध्ये पोजेटिभ प्रतिशतसमेत केही वृद्धि भएको छ । साउन ७ गते लकडाउनको अन्त्य हुँदा परीक्षण गरिएकामध्ये ४ दशमलव २२ प्रतिशत पोजेटिभ देखिएको थियो । साउन २७ मा ६ दशमलव १० प्रतिशत रहेकामा साउन २८ मा ४ दशमलव ६२ प्रतिशत पोजेटिभ देखिए ।

उच्च सावधानी अपनाइँदै 

सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो । 

भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र  हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिले झैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ । 

सक्रिय सङ्क्रमित २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ । 

मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ ।

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी आजदेखि लागू हुने गरी तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ । फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई  सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखानामा भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइने छ ।  

चीनको उहानमा गत डिसेम्बर ३१ मा देखिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिएपछि सरकारले गएको चैत ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेको निर्णयले साउन ६ गते रातिदेखि बन्दाबन्दी अन्त्य भएको थियो । वैशाख र  जेठमा अत्यधिक बढेको कोभिड–१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ ।  

सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको आज ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनाको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।

अझै सचेत छैनन् 

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की आमसमुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सुझाव दिनुहुन्छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् । 

परिषद्का सदस्य सचिव प्रा डा प्रदीप ज्ञवालीका अनुसार मास्क नलगाउनेको सङ्ख्या झण्डै २८ प्रतिशत छ । मास्कको बेवास्ता गरी लगाउनेको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत पाइए ।

काठमाडौं उपत्यकाका २३ सार्वजनिकस्थल तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा उक्त अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो । नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x