×

NMB BANK
NIC ASIA

धुलिखेल अस्पताल क्षेत्र सिल

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ। 

Muktinath Bank

बिहीबारको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू, जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झालगायत स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकले अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको ५०० मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द्य गर्ने निर्णय गरेको हो। ‘अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ,’ प्रजिअ तिमल्सिनाले भने। 


Advertisment
Nabil box
Kumari

अन्ठानब्बे वर्षीय सङ्क्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । साथै वृद्धको वडा नं ७ स्थित निवासक्षेत्रको ५०० मिटर वरपरसमेत बन्द गरिएको छ। ती वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भई अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ  व्यवसाय गर्ने एक तथा सङ्घीय प्रहरी कार्यालय बनेपाको जनागालका छ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको डा झाले बताए। 

Vianet communication
Laxmi Bank

झाका अनुसार सङ्क्रमति वृद्धका परिवारका सदस्यले अस्पताललगायत समुदायका व्यक्तिसँग भेटघाट गरेको पाइएकाले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ जारी छ। सङ्क्रमित व्यवसायीको घर वरपर २०० मिटरसमेत अर्को सूचना जारी नगरिएसम्म बन्द गरिएको जनाइएको छ। हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ६२ मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ। साथै  ३२ व्यक्ति आइसोलेशनमा उपचाररत छन् । तीमध्ये पनि २० प्रहरी, दुई स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, वैदेशिक रोजगारबाट फर्किएका २२ सर्वसाधाण र १८ कन्ट्रयाक्ट टे«सिङ र अन्य कारणबाट सङ्क्रमित भएका हुन्। 

पोष्टका अनुसार हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८४५ शय्याको क्वारेन्टिनमा ९० पुरुष र १३ महिला बसेका छन्। नौ सय ४ पुरुष र १८५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट ४२० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । 

यसैबीच काभ्रेपलाञ्चोकमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकाका वडाध्यक्षलाई कोरोना सङ्क्रमण देखिएको छ। केन्द्र र पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने चेतावनी दिएका छन्। साथै जिल्लाभित्र होटल र  रेष्टुरेण्टमा सामूहिक भोज, गोष्ठी वा अन्य सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने चेतावनी दिइएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x