कर्मचारीको पिसिआर परीक्षणको खर्च बैंकले व्यहोर्नुपर्ने

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा लाग्ने खर्च व्यहोर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गरी काठमाडौं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा बैंक तथा वित्तीय संस्थालाई ५० प्रतिशत कर्मचारीबाट कार्यालय चलाउन र बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन भनेको छ।


Advertisement

बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक परी इलाका बाहिर खटाएका कर्मचारी संस्थामा फर्कँदा अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने छ। 

त्यसैगरी, कोरोना संक्रमित कर्मचारीलाई व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा राख्न र त्यसको खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने भनिएको छ।


Advertisement

त्यसैगरी, बैंक तथा वित्तीय संस्थालाई सम्भव भएसम्म व्यक्तिगत भेटघाट नगर्न र सेवा प्रवाह विद्युतीय माध्यमबाट गर्न थप प्रोत्साहन गर्न भनिएको छ। अत्यावश्यक बाहेक बैठक, सेमिनार, छलफल, भेला पनि नगर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्