×

NMB BANK
NIC ASIA

ज्यान मार्ने उद्योगका दोषी २४ वर्षपछि पक्राउ

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ।

Muktinath Bank

२०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र एेंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न दिप्सुङकै ५४ वर्षीय युवराज राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाले पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अदालतबाट २०६५ चैत ३ गते सात वर्ष कैद सजाय हुने फैसला सुनाइएका राईलाई बुधबार साँझ दिप्सुङकै बिसुदु जङ्गलबाट प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए। अदालतबाट दोषी ठहरिएका राईलाई बिहीबार अदालतमा पेश गरिएकामा अदालतले तत्काल कैद भुक्तानका लागि कारागार पठाउन निर्देशन दिएपछि कारागार चलान गरिएको प्रनाउ चिमोरियाले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

फरार अभियुक्तको खोजतलास एवं पक्राउ अभियानमा सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई हप्तामा सवारी ज्यान मुद्दाका दुई  र जबर्जस्ती करणी मुद्दाका एक फरार दोषीलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई अदालतमा पेश गरिएलगत्तै कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले दिएको निर्देशनानुसार कारागार पठाइएको जनाइएको छ।  

Vianet communication
Laxmi Bank

प्रहरीले फरार अभियुक्त पक्राउ अभियान चलाए पनि तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बितिसक्दा तीन जनाकै हत्यारा अहिलेसम्म पत्ता लागेको छैन। विसं २०७३ माघ २६ गते  वीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यारा प्रहरीले पत्ता लगाउन नसकेको हो। 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसक्दा जिल्लामा प्रहरीको आलोचना भइरहेको छ। घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको महिला अधिकारकर्मीले बताएका छन्। 

सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी तामाङको शव कुसेऔँसी जङ्गलको बाटाभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घटनास्थलमा मडारिएको र  घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ।

स्याउला काटेर घर फर्कनेक्रममा इलाका प्रहरी कार्यालय हलेसीभन्दा करीब पैदल पाँच मिनेटको दूरीमा ज्ञानीमायाको हत्या भएको थियो। माइती घर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कनेक्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको र टाउकाबाट रगत बगिरहेका अवस्थामा भेटिएको थियो।

महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर कानूनी कठघरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन्। उनीहरुले पटकपटक प्रहरी कार्यालयमा पुगेर घटनाका विषयमा जानकारी मागिरहेका छन्। घटनाका बारेमा खोटाङे नेताको टोलीले गृहमन्त्री रामबहादुर थापालाई गत वर्ष भदौ १ गते भेटेर जानकारी गराउँदै कारवाहीको माग गरेको थियो।  

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x