मोटोपनका कारण समस्यामा हुनुहुन्छ? पेट घटाउने घरेलु उपाय

प्रतिकार्यात्मक तस्वीर।

मानिसको खानपान र दैनिक दौडधुपका कारण मानिसमा मोटोपनको समस्या निकै धेरै देखिन थालेको छ। यसमा पनि पेट बढ्ने समस्याले त झन् धेरैलाई सताएको छ।

दैनिक जीवनमा खाने पानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ।


Advertisement

पेट घटाउने घरेलु उपाय

– बिहान उठेपछि कागतीको जुस पिउनु पेट घटाउने सबैभन्दा राम्रो उपाय हो। दैनिक रूपमा कागतीको जुस पिउदा पेट घटाउन मद्दत गर्छ।


Advertisement

– सकेसम्म खानामा चामलको प्रयोग नगर्नुस्, यसको विकल्पमा गहुँको प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ।

– गुलियो खानेकुराबाट टाढा रहने। यस्तै, चिल्लो पदार्थ धेरै भएको खाना समेत नखाने।

– धेरै पानी पिउने। समय-समयमा पानी पिउनुले शरिरमा रहेको टक्सिनहरू हटाउन मद्दत गर्छ ।

– २-३ वटा काँचो लसुन दैनिक रूपमा बिहान खाने र सँगसँगै मनतातो कागतीपानी पिउनाले पनि पेट घटाउनका लागि मद्दत गर्छ ।

– सकेसम्म मासुजन्य खानेकुराहरू कम गर्ने।

– शरिरमा अन्य खानाभन्दा फलफूलको मात्रालाई बढाउने। सकिन्छ भने बिहान र बेलुका फलफुल खाने। यसले शरिरमा आवश्यक पर्ने एण्टीअक्सिडेन्ट, मिनेरल्स र भिटामिनको मात्रालाई पुरा गर्न मद्दत गर्छ 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्