×

NMB BANK
NIC ASIA

जटिल अवस्थाका संक्रमितले उपचार नपाउने जोखिम

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

\कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ । अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आईसीयूका लागि तालिम प्राप्त जनशक्ति नभएको बताए । ‘हाम्रो यत्रो ठूलो अस्पतालमा एक जना मात्र एनेस्थेसियोलोजिस्ट छन्, भेन्टिलेटर र आईसीयूमा सघाउन छात्रवृत्ति करारमा आएका एक जना आफैं कोरोना संक्रमित भएका छन् । क्रिटिकल केयरका लागि जनशक्ति छैन,’ उनले भने । उनका अनुसार कोभिड–१९ का लागि नारायणी अस्पतालमा पाँच शय्याको आईसीयू र पाँचवटा भेन्टिलेटर छन् । अस्थायी कोभिड अस्पतालमा १० वटा आईसीयू शय्या र तीनवटा भेन्टिलेटर छन् । ‘स्वास्थ्य संकटकाल घोषणा नगरी नहुने अवस्था छ,’ डा. उपाध्यायले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले पाँचवटा भेन्टिलेटर रहे पनि त्यसलाई सञ्चालन गर्न उपयुक्त जनशक्ति नरहेको बताए । जनकपुर प्रादेशिक अस्पतालका कोभिड–१९ संयोजक डा. जामुन सिंहले संक्रमितलाई सघन उपचार सेवा दिन झन् बढी समस्या आउने बताए । डा. सिंहका अनुसार उक्त अस्पतालको जनरलतर्फका भेन्टिलेटर र आईसीयू सेवा कर्मचारी संक्रमित भएपछि प्रभावित भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्माले आईसीयू शय्या र भेन्टिलेटर पर्याप्त नरहेको बताए । ‘जनकपुरदेखि पूर्वका बिरामी आउँछन् । यहाँको क्रिटिकल केयरको क्षमताले कोभिडका बिरामीलाई धान्न सकिँदैन,’ उनले भने । बीपीमा १५ वटा आईसीयू शय्या र १५ वटा भेन्टिलेटर छन् ।


Advertisment
Nabil box
Kumari

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाका जटिल बिरामीको संख्या वृद्घि हुँदै गए चिकित्सा क्षेत्रका सामान्य स्नातकदेखि अन्य विषयका विज्ञलाई समेत सघन उपचारमा लगाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोभिड–१९ का लागि मुलुकभर ९ सय ४२ आईसीयू शय्या र ४ सय ९६ वटा भेन्टिलेटर व्यवस्था गरिएको छ । प्रदेश १ मा ४३ आईसीयू शय्या र १९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आईसीयू शय्या र १७ भेन्टिलेटर, वाग्मतीमा ६ सय ३० आईसीयू शय्या र ३ सय ६१ भेन्टिलेटर कोभिड–१९ उपचारका लागि छुट्याइएको छ । यस्तै, गण्डकीमा १ सय ३७ आईसीयू शय्या र ५९ भेन्टिलेटर, प्रदेश ५ मा २९ आईसीयू शय्या र १३ भेन्टिलेटर, कर्णालीमा ४० आईसीयू शय्या र १७ भेन्टिलेटर, सुदूरपश्चिममा १८ आईसीयू शय्या र १० भेन्टिलेटर छुट्याइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म ९१ जना आईसीयूमा उपचाररत छन् । प्रदेश २ मा ४३, वाग्मती प्रदेशमा ३८, प्रदेश ५ मा ९ जना र गण्डकी प्रदेशमा एक जना आईसीयूमा छन् । वाग्मतीमा पाँच जना भेन्टिलेटरमा छन् । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x