×

NMB BANK
NIC ASIA

चाँदीमा लेप लगाएर १६ केजी सुनको पैसा ठगी

साउन ३०, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा सुनको पैसा लुटिएको खुलाएका हुन् । इल्ताफले आफू मध्यस्थकर्ता मात्रै भएको र मुख्य योजनाकार निलेश नै भएको बताएका छन् ।

Muktinath Bank

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले तस्करीका योजनाकारमध्येका एक जना इल्ताफलाई पक्राउ गरिएको र उनको बयानपछि केही नयाँ तथ्य खुल्न सक्ने बताए । अनुसन्धान भइरहेकाले सबै कुरा बोल्न नमिल्ने उनको भनाइ छ । स्रोतका अनुसार नक्कली सुन दिएर सक्कलीबापतको रकम ठग्ने योजनामा निलेश र इल्ताफकै हात थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत गुजरातका सञ्जय पटेललाई काठमाडौंमा १६ केजी सुन दिन भनेर इल्ताफ र निलेशले बोलाएका थिए । उक्त सुनको पहिल्लो बजार मूल्य १२ करोड रुपैयाँभन्दा बढी पर्छ । उच्च स्रोतका अनुसार सुन लिनका लागि सञ्जयले निलेशलाई भारतमै रकम भुक्तानी गरेका थिए । सोही क्रममा सक्कली सुन लिन सञ्जय असार अन्तिम साता निलेशसँगै काठमाडौं आए । उनी कमलपोखरी अपार्टमेन्टमा डेढ साता बसेर भारत फर्किने योजनासहित आएका थिए ।


Advertisment
Nabil box
Kumari

हिल्यै पैसा लिएका निलेशले चाँदीमा सुनको लेपन लगाएर सञ्जयलाई ठग्ने योजना बुने । यसका लागि उनले जाली नोट तस्करीमा जेल बसेर छुटेका इल्ताफसहित काठमाडौंमै व्यापार गर्ने गुजरातका कौशल पटेल र उनका दाजु देवानसिंह पटेललाई जिम्मा दिए । देवान र कौशलको लाजिम्पाटमा सुनचाँदी सरसफाइ गर्ने पसल छ । निलेशको देवानसिंह, कौशल र इल्ताफसँग पुरानै चिनजान रहेको स्रोतको भनाइ छ । भारतबाटै देवानसिंहलाई निलेशले चाँदी खरिद र लेपन लगाउन १६ लाख रुपैयाँ दिइसकेका थिए । त्यसैअनुसार राजधानीकै एक पसलबाट १६ केजी चाँदी खरिद गरिएको थियो । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चाँदी खरिद गरेको पसलको नाम गोप्य राखेको छ ।

Vianet communication
Laxmi Bank

न्युरोडकै मनीष मल्लिकले १६ टुक्रा चाँदीमा सुनको लेपन लगाइदिएका थिए । यसबापत उनले प्रतिटुक्रा एक हजारका दरले पैसा लिए । बाँकी चाँदीका टुक्रामा अरू नै कालिगडबाट सुनको लेपन लगाइएको थियो ।
निलेशले सुन तयार भयो भनेपछि सञ्जयले पैसा दिएका थिए । अनुसन्धान भइरहेका कारण सञ्जयबाट निलेशले कति पैसा लिए भन्नेबारे यकिन खुल्न सकेको छैन । त्यसपछि निलेश सञ्जयकै साथ काठमाडौं आए । पैसा लिएपछि निलेशले सञ्जयलाई ठग्ने योजना बुनेर प्रहरीका घुमुवालाई १५ लाख रुपैयाँ दिई चाँदीमा लेपन लगाइएको पहेंलो धातु लुटाउने योजना बनाए । यो कुरा इल्ताफले प्रहरीलाई बयानमा बताएका छन् ।

साउन १२ गते यही योजनासहित महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा बहादुरसिंह कठायतलाई हात लिएर कौशल र देवानसिंहले भोलिपल्ट साउन १३ गते सञ्जयलाई लेपन लगाएको सुन दिएर पठाउने र त्यसलाई बाटैमा प्रहरीले नियन्त्रणमा लिने अनि सञ्जयलाई सुन लुटिएको भन्ने योजना बनाए । त्यसका लागि बहादुरसिंहलाई १० लाख रुपैयाँ दिने डिल भयो । बहादुरसिंहले रकम थोरै भयो भनेर मानेनन् । ५ लाख थप्ने सहमति भयो । त्यस दिनको यो घटना दरबारमार्गकै अर्का घुमुवा प्रसन्न श्रेष्ठले पनि थाहा पाए । योजनामा प्रसन्नलाई पनि सामेल गराइयो । यो सबै इल्ताफ र निलेशको योजनामा भएको थियो । यसबापत देवानसिंह र कौशललाई कमिसन दिने पनि सहमति भएको स्रोत बताउँछ ।

यो योजना कमलादीको एक होटलमा बसेर गरिएको थियो तर घुमुवाले दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई सक्कली सुन भारत लैजान गिरोहले तयारी गरेको र १३ गते बिहानै सुन लिएर बा६च ५५१९ नम्बरको स्कोर्पियो जिप हात्तीसारबाट कमलादी हुँदै जान लागेको गलत सूचना दिए । गाडी कमलपोखरी सिटी सेन्टर सडक खण्डबाट कमलपोखरी हुँदै कमलादीबाट अघि बढ्यो । गाडीमा थिए इल्ताफ, निलेश र सञ्जय । साथमा पहेंलो जलप लगाइएको १५ केजी ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन अनि २ थान पेस्तोल ।

गाडीअघि दिएको लोकेसनभन्दा केही फरक रुटमा कमलादी–घण्टाघर हुँदै अघि बढ्यो । निलेश र इल्ताफले आफू अघि बढेको सूचना देवानसिंह, कौशल र घुमुवाहरू प्रसन्न र बहादुरसिंहलाई दिएका थिए । गाडी पछ्याउँदै दुवै जना घुमुवा सहिदगेटबाट सुन्धारा आकाशे पुलनजिकै पुगेपछि प्रहरीले सुन नियन्त्रणमा लिन घेरा हालेको भन्दै सञ्जयलाई निलेशले सुनाए । हतियार र सुनसहित भाग्न लागेका सञ्जय आत्तिए । घुमुवालाई निलेश आफैं बाहिर निस्केर लेपन लगाएको साढे १५ केजी चाँदी र ५ सय ग्राम सुन अनि २ थान पेस्तोल दिए । प्रहरी आएको भन्दै इल्ताफ र सञ्जय त्यही गाडीबाट भागे । निलेश, देवानसिंह र कौशल आफ्नै बाटो लागे । तीनै जना योजना सफल भएको भनेर हिँडे । उनीहरू भारत भाग्ने योजनामा थिए । यता सामान नियन्त्रणमा लिएको भन्दै घुमुवाले डीएसपी दाहाललाई जानकारी गराए ।

केहीबेरमा डीएसपी सुन्धारा आइपुगे । साढे १४ केजी सामान डीएसपीलाई बुझाएका घुमुवा प्रसन्नले एक केजी आफ्नो खल्तीमा हालेर सँगै रहेका बागबजारका व्यापारी उमेश श्रेष्ठलाई दिए । घटना सुन्धारामा भएको थियो । सामान सुन वा चाँदी जाँच गर्न डीएसपी दाहाल सुनचाँदी व्यवसायी महासंघमा पुगे । त्यसबेलासम्म बरामद सामान सुन नै भएको भ्रममा थिए दाहाल । जाँचेपछि मात्रै ५ सय ग्राम सक्कली र बाँकी सबै चाँदीमा सुन लेपन गराइएको खुल्यो ।
प्रहरीले घटनास्थल कमलादी भन्दै केहीबेरमा पत्रकार सम्मेलन गर्‍यो । यता घटनाको अनुसन्धानमा जुटेपछि सुन लुटाउने निलेश र पटेल दाजुभाइ भागिसकेका थिए भने सामान लुटिएपछि गाडी चालक इल्ताफ र सुन लिन आएका सञ्जय पनि त्यही गडीमा भागे । त्रिपुरेश्वरबाट थापाथली हुँदै भागेका उनीहरू ललितपुरको नखिपोट पुगेर एक निर्माणाधीन घरको कम्पाउन्डमा रोकिए । गाडी त्यहीं छोडेर भागेकामध्ये इल्ताफ बिहीबार बाराको निजगढबाट पक्राउ परेका हुन् । सञ्जय अझै फरार छन् । उता घटना भएको भोलिपल्टै योजना सफल भएपछि काठमाडौंबाट भागेका निलेश, देवानसिंह र अपार्टमेन्टमा कामदारका रूपमा ल्याइएका विजय पटेललाई महानगरीय अपराध महाशाखाको टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट १४ गते पक्राउ गर्‍यो ।

त्यही दिन महाशाखा र काठमाडौं प्रहरीको टोलीले घुमुवा प्रहरी बहादुरसिंह र प्रसन्न श्रेष्ठलाई अनि सुराकीका रूपमा खडा गरिएका कौशललाई काठमाडौंबाट पक्राउ गर्‍यो । सुन्धाराबाट १ केजी पहेंलो धातु लुकाएका उमेश श्रेष्ठ बागबजारस्थित कोठाबाटै सामानसहित पक्राउ परे । तर इल्ताफ र सञ्जय फरार भएका कारण घटनाको सत्यतथ्य खुल्न सकेको थिएन । सुन उपलब्ध गराउने भनेर लिएको पैसा इल्ताफ वा निलेश कोसँग छ भन्ने अनुसन्धानकै क्रममा रहेको स्रोतले बताएको छ । सुनबापतको पैसा काठमाडौं वा भारतमै भुक्तानी भयो भन्ने पनि अनुसन्धान भइरहेको छ ।

काठमाडौंमा भुक्तानी भएको भए लुकाएको आशंकामा सम्भावित स्थानको पनि खोजी भइरहेको स्रोत बताउँछ । लुटपाटका योजनाकार निलेश भारतीय चलचित्र निर्माता हुन् । गत वर्ष मात्रै उनले बनाएको पेनाल्टी चलचित्रमा आफूले घाटा खाएपछि गलत काममा लागेको बयान प्रहरीलाई दिएका छन् । इल्ताफ र निलेशलाई सँगै राखेर अनुसन्धान गरेपछि थप तथ्य र प्रमाण बाहिर आउने प्रहरी स्रोत बताउँछ । कान्तिपुर दैनिकमा मातृका दाहालले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x