×

NMB BANK
NIC ASIA

कोरोनाको 'हटस्पट’ वीरगन्जमा अभावै अभाव

साउन ३०, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

कोरोना ‘हटस्पट’ बनेको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट र रिएजेन्ट अभावले दुई दिनसम्म स्वाब परीक्षण प्रभावित बन्यो । प्रयोगशालाले बुधबारदेखि अर्को व्यवस्था नभएसम्म कुनै पनि नमुना परीक्षण गर्न नसकिने भन्दै सूचना नै टाँस्यो ।

Muktinath Bank

साउन २६ र २७ गते आइपुगेका विभिन्न जिल्लाका नमुनासमेत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको सूचनामा उल्लेख छ । ५ दिनअगाडिदेखि नै पीसीआर किट माग गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीसीआर किटको अभावमा अस्पतालले मंगलबार ११ सयभन्दा बढी स्वाबको नमुना काठमाडौं पठाएको थियो । ‘सरोकारवाला निकायलाई अग्रिम जानकारी गराउँदा पनि समयमै पीसीआर किट आइपुगेन,’ एक चिकित्सक भन्छन्, ‘यसले देखाउँछ, महामारीको बेला राज्यसंयन्त्रको काम कस्तो छ ?’ बारा र रौतहटमा संकलन गरिएका स्वाब पनि यहाँको प्रयोगशालामा परीक्षण हुँदै आएको छ । तर यहाँ रिएजेन्ट, पीसीआर किट अभाव छ ।


Advertisment
Nabil box
Kumari

बुधबार राति ११ बजे मात्रै काठमाडौंबाट पीसीआर किट आइपुगेको नारायणी प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ‘नयाँ रि–एजेन्ट आउँदा त्यसलाई भ्यालिडेसन गर्नुपर्ने हुन्छ । केही पोजिटिभ र केही निगेटिभ स्याम्पल लिएर भ्यालिडेसन गर्‍यौं,’ उनले भनिन्, ‘स्याम्पलहरू रि–रन भइसक्यो ।’ रि–एजेन्ट नहुँदा दुई दिन काम प्रभावित भयो । प्रयोगशालामा दैनिक करिब ५ सय स्याम्पल टेस्ट हुने गरेको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

प्रदेश २ मै पीसीआर किट अभाव रहेको छ । प्रदेश आपूर्ति निर्देशानलय प्रमुख डा. प्रमोद यादवका अनुसार पीसीआर किट केन्द्र सरकारबाटै आउने गरेको छ । ‘अभाव हुन थालेपछि प्रदेश सरकार आफैंले ५० हजार पीसीआर किट खरिद गर्ने योजना अगाडि बढाएको छ,’ डा. यादवले भने, ‘सप्तरी र जनकपुरको प्रयोगशालमा एउटा/एउटा पीसीआर मेसिन थप्ने र रौतहटमा पीसीआर मेसिन स्थापना गरिनेछ ।’

तीन सातादेखि अस्पताल बन्द
गत साउन ९ देखि नारायणी अस्पतालको आकस्मिकबाहेक अन्य सबै सेवा बन्द छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी तथा अन्तरंग विभागमा भर्ना भएका बिरामीलाई समेत कोरोना देखिएको भन्दै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्रप्रसाद चौधरीले सूचना जारी गरी आकस्मिक सेवाबाहेकका अन्य सबै सेवा बन्द भएको जनाएका थिए । त्यसयता अस्पतालका चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।

जनशक्ति अभाव भएपछि करिब २० दिनअगाडि नै स्वास्थ्य मन्त्रालय र विभागमा जानकारी गराइएको मेसु डा. उपाध्याय बताउँछन् ।

अस्पताल सञ्चालनका लागि १० जना मेडिकल अधिकृत, ४ जना फिजिसियन, १४ जना नर्सिङ स्टाफ, ४ जना कार्यालय सहयोगी र ६ जना सरसफाइ कर्मचारी माग गरिए पनि स्वास्थ्य विभागले हालसम्म दुई जना नर्सिङ स्टाफ पठाइदिएको डा. उपाध्यायले बताए ।

स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुँदा अस्पतालको सेवा सञ्चालनमा मात्र कठिनाइ भएको छैन, कोरोना अस्पताल व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।

नारायणी अस्पताल सञ्चालनमा नहुँदा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । ज्वरो, खोकी र झाडापखालाका बिरामीलाई निजी अस्पतालले भर्ना लिन मानेका छैनन् । पछिल्लो ६ दिनमा उपचार नपाएर वीरगन्जमा ४ जनाको मृत्यु भइसकेको छ । मृतकका आफन्त र स्थानीयले अस्पताल र चिकित्सकको विरोधमा प्रदर्शनसमेत गरेका छन् । नारायणी अस्पतालको परिसरमा रहेको कोरोना बुथ र एक जना चिकित्सकको कारमा तोडफोड भएको छ ।

तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक वडा सदस्यसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । वैशाख र जेठमा भर्ना भएका कोरोना संक्रमित डिस्चार्ज भएपछि नारायणी अस्पतालमा फेरि जनरल सेवा सुरु भएको थियो । हाल दुईवटा निजी अस्पताल नारायणी अस्थायी कोरोना अस्पतालको नाममा सञ्चालनमा ल्याइएको छ ।

संघीयतामा पनि काठमाडौंकै आस
साउन १५ मा पर्साका प्रमुख राजनीतिक दलले वीरगन्जमा कोरोना रोकथाम र नियन्त्रणका लागि विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली वीरगन्ज पठाउन सरकारसँग माग गरेका थिए । साउन १८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली पठाएको थियो । नारायणी अस्पताल स्रोतका अनुसार मेसु डा. उपाध्यायले उच्चस्तरीय टोलीलाई जनशक्ति अभाव र कोरोना अस्पताल व्यवस्थापनको समस्याबारे अवगत गराएका थिए । उक्त टोली फर्किएको १० दिनभन्दा बढी भइसक्दा पनि कुनै सुधार भएको छैन ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापक वीरेन्द्रप्रसाद साह मुलुक संघीयतामा गए पनि संविधानअनुसार संरचना निर्माणमा कसैको ध्यान नगएको बताउँछन् । ‘संघीयतामा गए पनि व्यावहारिक हिसाबले सबै संरचना बनिसकेका छैनन्,’ उनले भने, ‘बनाउन कसैको ध्यान पनि गएको देखिँदैन ।’

सरकार नागरिकप्रति गैरजिम्मेवार भएर प्रस्तुत भएको उनको बुझाइ छ । ‘यता मान्छे मरिरहेका छन्, अस्पतालमा बेड अभाव छ, त्यसमा कुनै चिन्ता छैन,’ उनले भने, ‘तर, सरकार प्रमुख मेयरलाई बोलाएर राम–सीताको मन्दिर बनाउन निर्देशन दिन्छन् । वीरगन्जको स्थिति सोचेभन्दा बढी खराब छ ।’ हालको संकट व्यवस्थापनका लागि उनले स्थानीय तहमा संयन्त्र बनाउन आवश्यक रहेको सुझाए ।

नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंह चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन स्थानीय सरकारले पनि गर्न सक्ने बताउँछन् । ‘कोरोना उपचारमा हालसम्म निजी अस्पतालमा कार्यरत चिकित्सकलाई संलग्न गराइएको छैन,’ उनले भने, ‘नारायणीकै मेडिसिन विभागका ८ जना टोलीको काँधमा जिम्मेवारी थुपारिएको छ ।’

बुधबारसम्म पर्सामा १ हजार १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ सय ४५ जना संक्रमित निको भएका छन् । हालसम्म २० जनाको मृत्यु भएको छ । ८ सय ९७ जना सक्रिय संक्रमितमध्ये १ सय ६७ लाई मात्र कोरोना अस्पतालमा भर्ना गरिएको छ । कान्तिपुर दैनिकमा भूषण यादवले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x