×

NMB BANK
NIC ASIA

सामाजिक सञ्‍जालले लेला ज्यान

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

घटना : १

Sagarmatha Cement
Muktinath Bank

परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए। हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन्। फिल्मी शैलीमा पौडेलले गरेको उक्त अपराधबारे अनुसन्धान गर्ने प्रहरी र स्थानीयवासीले आश्चर्यप्रकट गरे। एउटी महिला कसरी पासविक हत्यामा उत्रिन सक्छिन् भनेर।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना : २


Advertisment
Nabil box
Kumari

२०७६ असार १६ गते आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गर्न लगाइन्। श्रीमान् हुँदाहुदै ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफसँग अवैध सम्बन्ध थियो। उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन्। नैसाफ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जुराएको थियो। कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन्। आमाले परपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटकपटक सम्झाएकी पनि थिइन्। तर, छोरी नै आमाका काल बनिन्। भरतीय नागरिकलाई १२ लाख रुपैयाँको सुपारी दिएर ईश्वरीले पे्रमी नैसाफको योजनामा आमाको हत्या गरेकी थिइन्।

Vianet communication
Laxmi Bank

घटना : ३

२०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्‍यो। प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको रहस्य खुल्यो। परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो। साहले प्रहरी बयानमा सम्झनाले आफूलाई पटकपटक विवाह गर्न दबाब दिएकै कारण आवेगमा आएर माघ २१ गते हत्या गरेको बयान दिए। विवाह नगरे दुईजनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएपछि सम्झनाको हत्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए। दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिलेसनसिपमा थिए। सम्झनाको हत्या अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो। सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो।

०००

यी तीन घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अपराधका शृंखला मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। मन मिलुन्जेल अवैध सम्बन्ध ठीक। तर, सम्बन्धमा टकराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको हतियार बन्ने गरेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ। यतिसम्मकी अवैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई धम्क्याउने र कालान्तरमा सम्बन्ध हत्यामा पुगेर टुंगिने गरेको देखिन्छ।

गाेंगबुको घटना पनि यसैको एउटा उपज हो। कृष्णबहादुर र कल्पनाबीचको सम्बन्ध राम्रो हुँदाहुँदै पनि त्रासदीपूर्ण घटनामा आएर टुंगिन पुग्यो। कारण थियो, कृष्णबहादुरले कल्पनाको भावभंगीको फाइदा उठाएर नक्कली फेसबुक आईडी बनाई नग्न र अश्लील फोटो अरुलाई पठाइदिए। कल्पनाले कृष्णबहादुरबाट त्यसखालको व्यवहार चाहेकी थिइनन्। तर, कृष्णबहादुर त्यसैलाई हतियार बनाएर कल्पनाको छोरीसम्मलाई गलत नजरले हेर्न थालिसकेका थिए।

यौनमा रमाउन थालेका कृष्णबहादुरबाट आफ्नी छोरीसमेत असुरक्षित बनेको देखेपछि आफूले योजनाअनुसार नै हत्या गरेको कल्पनाको बयान प्रहरीसँग छ। ‘योजनाअनुसार नै कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाएर मदिरा र निद्रा लाग्ने औषधि खुवाई हत्या गरेर टाउको काटी शव फालेकी थिइन्,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘यस खालको अपराध कल्पनाले सहने शक्तिको सीमा नाघेपछि मात्रै रोजेको देखिन्छ।’ यो घटनामा कल्पना दोषी छिन्। कानुनी उपचार खोज्ने बाटो रहँदा पनि कृष्णबहादुरको हत्या गर्नु भनेको कल्पनाले कानुन हातमा लिएको बुझाई अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको छ।

माथि उल्लेखित घटना २ र ३ मा पनि सामाजिक सञ्जाल दुरुपयोग एउटा प्रमुख कारक हो। ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफको चिनजान फेसबुकले नै जुराइदिएको थियो। ईश्वरीसँगको अवैध सम्बन्धको प्रमाण नैसाफसँंग सुरक्षित थियो। त्यही भएरै ईश्वरी नैसाफसँंग अलग हुन सक्ने अवस्थामा थिइनन्। अझ ईश्वरीकी आमा सावित्री उक्त सम्बन्धको एउटा ठूलो प्रमाण थिइन्। उक्त प्रमाण मेटाउन आमाको हत्या योजनामा ईश्वरी नै मुख्य योजनाकार बन्न पुगको प्रहरी अनुसन्धानले देखाउँछ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘सामाजिक सञ्जालबाट जोडिएको सम्बन्ध निरन्तर कायम राख्न ईश्वरी र नैसाफ सावित्रीको हत्या गर्ने योजनालाई पूर्णता दिन्छन्। जुन दृश्य एउटा फिल्मी कहानीभन्दा कम छैन।’

२०७६ माघ २४ मा मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालिएकी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या पछाडिको रहस्य पनि सामाजिक सञ्जालसँंगै जोडिन्छ। सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने सुरेन्द्रप्रसाद साहले आफू र खत्रीबीचको अवैध सम्बन्ध बाहिर आउने देखेपछि खत्रीको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए। खत्रीले विवाह गर्न साहलाई दबाब दिँदै आएकी थिइन्। तर, साह अवैध सम्बन्धलाई नै निरन्तरता दिन खोज्छन्। खत्रीले आफूलाई विवाह नगरे अवैध सम्बन्धको फोटो सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने धम्की दिएपछि साहले हत्या गरेको प्रहरी बयानमा खुलाएका थिए।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुबेर कडायतले साइबर अपराधका उजुरी कम देखिए पनि दुरुपयोग भने बढेको बताए। उनका अनुसार पुरुष र महिलासँँग सम्बन्धित अधिकांश अपराधको अनुसन्धान गर्दा कुनै न कुनै बिन्दुमा सामाजिक सञ्जाल जोडिएकै देखिन्छ। साइबर अपराध अहिले ठूलो चुनौतीको रूपमा देखा परेको बुझाइ प्रहरी मुख्यालयको छ। ‘इन्टरनेटको पहुँचले पनि फेकबुक एकाउन्ट नहुने कमै छन्। फेसबुककै माध्यमबाट साथी बन्ने, भेट्ने र अवैध सम्बन्ध कायम गर्ने प्रवृत्ति पनि बढेको विभिन्न अनुसन्धानले देखाएको छ,’ कडायतले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरी एक्लैको प्रयासले सम्भव छैन। प्रयोगकर्ता आफैं सचेत हुनु जरुरी छ।

ग्रुपबाट हटाउँदा हत्या

२०७४ माघ २७ गते काठमाडौं तारकेश्वर नगरपालिका फूलबारी गेटस्थित गोलढुंगा जाने सडक किनारमा पहिचान नखुलेको एक पुरुष घाइते अवस्थामा फेला परे। अज्ञात समूहले निर्घात कुटपिट गरी ती व्यक्तिलाई नालामा फालिदिएको थियो। टाउकोबाट अत्यधिक रगत बगेको र टाउकोमा रगतसमेत जमेको थियो। प्रहरीले उपचारार्थ वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याए पनि उनको मृत्यु भयो। डाक्टरका अनुसार उनलाई अपरेसन गर्नुपर्ने भयो। तर, अपरेसन सफल हुन सकेन। अन्तत: माघ २९ गते उनको मृत्यु भयो। मृतक थिए तारकेश्वर नगरपालिका कुमार सूचिकार।

प्रहरी अनुसन्धानका क्रममा सूचिकारसहितका साथीहरूले बनाएको गुह्येश्वरी एजी ग्रुप नामको फेसबुक पेज सूचिकारको हत्याको कारक बनेको रहस्य खुल्यो। प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा सूचिकारसँग फोन सम्पर्कमा देखिएका साथीहरूलाई ल्याएर केरकार गर्दा उक्त तथ्य खुलेको थियो। फेसबुक पेजबाट केही साथीलाई हटाइदिएको रिसमा सूचिकारमाथि कुटपिट भएको थियो। असन्तुष्ट साथीहरूले नै फूलबारी गेटमा बोलाएर सूचिकारमाथि कुटपिट गरेका थिए।

सम्बन्ध बाहिरिने डरले हामफाल्दा मृत्यु

२०७६ वैशाख १ गते राजधानीको हाँडीगाउँमा बस्दै आएका रामेछापका मीनप्रसाद श्रेष्ठको मृत्युको पनि फेसबुक नै कारक बनेको थियो। उनी एक महिलासँग अवैध सम्बन्धमा थिए। इजरायलमा लामो समय काम गरेकी महिला र श्रेष्ठको फेसबुकमा गफगाफपछि पटकपटक भेट भइसकेको थियो। फेसबुकको गफगाफपछि उनीहरू प्रेममा थिए। वर्षमा एक पटक बिदामा नेपाल आउने गरेकी ती महिला र श्रेष्ठ नयाँ वर्षको अघिल्लो दिन नयाँ बसपार्कमै दोहोरी रेस्टुरेन्टमा पुगेका थिए।

मदिरा पिएपछि उनीहरू आआफ्नै डेरातर्फ लागे। मध्यरातमा घर पुगेकी ती महिलालाई भेट्न श्रेष्ठ डेरामा पुग्छन्। तर, महिलाको श्रीमान्ले देखेपछि भाग्न खोज्दा घरको कम्पाउन्डको रेलिङमा छेडिएर श्रेष्ठको मृत्यु हुन्छ। प्रहरीले श्रेष्ठको हत्या नै हो कि भनेर अनुसन्धान गर्न ती महिला दम्पतीको पोलिग्राफसमेत परीक्षण गरेको थियो। तर, अनुसन्धानमा श्रेष्ठको हत्या नभएर भवितव्यले ज्यान गएको तथ्य खुल्छ। प्रहरी बयानमा ती महिलाले आफू र श्रेष्ठबीच फेसबुकमै चिनजान भएर प्रेममा परेको खुलासा गरेकी थिइन्।

विवाहोत्तर सम्बन्ध बाहिर आउने भएपछि हत्या

२०७५ फगुन १८ मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ परे। बेलबारी नगरपालिकाकी रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा उनी पक्राउ परेका थिए। इलामबाट पक्राउ परेका गुरुङ र राईबीच प्रेमसम्बन्ध थियो। राईले गुरुङलाई पटकपटक विवाह गर्न दबाब दिँदै आएकी थिइन्। तर, गुरुङले टार्दै आएका थिए। विवाहोत्तर सम्बन्ध सामाजिक सञ्जालमार्फत बाहिर ल्याइदिने धम्कीपछि गुरुङले कोठामै राईको हत्या गरेर शव सप्तकोसी नदीमा फालेका थिए। गुरुङकी श्रीमती भने काठमाडौंमा बस्दै आएकी थिइन्।

फेसबुकको दुरुपयोग बढ्दो छ : ब्युरो

विद्युतीय तथा साइबर अपराध अहिले छुट्टै साइबर ब्युरोले हेर्दै आएको छ। ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार खासगरी सुरुमा फेसबुकबाट चिनजानपछि अवैध सम्बन्ध कायम गर्ने र अन्तिममा सम्बन्धमा टकराव आएपछि अन्तरंग फोटो र भिडियो देखाएर बार्गेनिङ गर्ने ‘ट्रेन्ड’ बढ्दो छ। मुद्दा दर्ता संख्या कम देखिए पनि घटना धेरै छन्। अधिकांश उजुरी अन्तिममा मात्रै प्रहरीमा आउने गरेको ब्युरोले जनाएको छ। एसएसपी अर्यालले पछिल्ला जघन्य प्रकृतिका घटनामा सामाजिक सञ्जालको दुरुपयोग बढेको बताए। खासगरी विवाहोत्तरको सम्बन्ध बिग्रिएपछि अगाडिका क्रियाकलापलाई दुवै पक्षले बार्गेनिङको औजार बनाउने गरेको बताए। उजुरी गर्ने अधिकांश १६ देखि ४० वर्षसम्मका धेरै छन्। अर्यालका अनुसार नक्कली फेसबुक आईडी बनाएर पनि अरूको चरित्रहत्या गर्ने क्रमसमेत अहिले बढेको छ। अन्नपूर्ण पोस्टमा सुवास गोतामेले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x