तनहुँमा एकैपटक २० कोरोना संक्रमित फेला

तनहुँ  जिल्लामा एकैपटक २० जना काेराेना संक्रमित फेला परेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेकाे विज्ञप्ति अनुसार तनहुँकाे भानु नगरपालिकाका २० मध्ये १४ पुरूष र ६ महिलामा संक्रमण देखिएको हाे। 


Advertisement

यस्तै स्याङ्जाकाे पुतलीबजारमा १ पुरूषमा संक्रमण देखिएकाे छ। याे सहित गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ८१ पुगेकाे छ ।

शुक्रबार भेटिएका संक्रमितकाे नमुना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको हाे । 


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्