×

NMB BANK
NIC ASIA

कट्टर दुश्मन इजरायल र यूएईले मिलाए हात, कसरी भयो सम्भव ?

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम एसियाका दुई शक्तिशाली मुलुक इजरायल र संयुक्त अरब अमिरात (यूएई) वर्षौंसम्म चलेको शत्रुता अन्त्य भएको छ । 

Muktinath Bank

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रयासपछि इजरायल र यूएईबीच सम्बन्ध सामान्यीकरणका विषयमा ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस सम्झौतापछि अब इजरायलले पश्चिमी किनारा कब्जा गर्ने विवादास्पद योजनामा विराम लगाउनेछ । 


Advertisment
Nabil box
Kumari

७२ वर्षसम्म चलेको दुश्मनी यी दुई मुलुकले अचानक कसरी परित्याग गरे ?

Vianet communication
Laxmi Bank

अहिलेसम्म कुनै पनि खाडी देशसँग कूटनीतिक सम्बन्ध छैन । इरानका विषयमा खाडीका मुलुक साउदी अरब, यूएई लगायतले इजरायलसँग गैरआधिकारिक सम्पर्क राख्ने गरेका छन् । 

अहिलेको सम्झौताले प्यालेस्टायनी नेताहरू आश्चर्यमा परेको बताइएको छ । 
 

प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासका प्रवक्ताले यो डील प्यालेस्टाइनीहरूमाथिको धोका भएको बताए । यसको विरोध गर्दै प्यालेस्टाइनले यूएईबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । 

ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अबु धाबीका युवराज मोहम्मद अल नाह्यानबीच भएको सम्झौतालाई वास्तविक ऐतिहासिक घटना भएको बताए ।

सन् १९४८ मा बनेको देश इजरायलले अरब मुलुकहरूसँग गरेको यो तेस्रो सम्झौता हो । त्यसअघि इजरायलले इजिप्ट र जोर्डनसँग सम्झौता गरेको थियो । 

ट्रम्पले भने, ‘अब सम्बन्धहरूमा जमेको हिउँ पग्लेको छ । अब अरब र मुस्लिम देशहरूले यूएईलाई अनुसरण गर्ने आशा गर्छु ।’

ट्रम्पले यस सम्झौतामा आगामी केही हप्तामा ह्वाइट हाउसमा हस्ताक्षर हुने बताए । 

सम्झौतापछि दुई देशले अबुधाबीबाट तेल अभिभसँगको उडान आरम्भ गर्नेछन् । यूएईका मुसलमानहरू जेरुसेलममा रहेको अल–अक्सा मस्जिद जान पाउनेछन् । 

चुनाव आइरहेको बेलामा ट्रम्पलाई परराष्ट्रनीतिको विषयमा जीत हासिल गरेको विश्लेषकहरूको कथन छ । 

यस सम्झौतापछि यूएईलाई इजरायलका तर्फबाट आर्थिक, सुरक्षा र विज्ञानको क्षेत्रमा ठूलो लाभ प्राप्त हुन सक्छ । उनीहरूको साझा शत्रु इरानको शक्ति लगातार वृद्धि भइरहेको बेलामा यो सम्झौता भएको हो । 

यस सम्झौताले प्यालेस्टाइनी मानिसहरूलाई कुनै लाभ हुने छैन, उल्टो निराशा बढ्नेछ । आफूहरूलाई एक्ल्याइएको अनुभव उनीहरूले गर्नेछन् । 

इजरायल र यूएईबीच भएको ऐतिहासिक शान्ति सम्झौतापछि संसारभरिका मुस्लिम देशमा इजरायलको स्वीकार्यता बढ्नेछ । इजरायलको सुरक्षालाई पनि यसले प्रत्याभूति गर्नेछ ।

पश्चिम एसियाका देशहरूसँग सम्बन्ध सुधार्न इजरायलले लामो समयदेखि प्रयास गरिरहेको थियो । यसमा उसले सफलता पाएको छ । 

यस सम्झौताले इरान, पाकिस्तान र चीनलाई झस्काएको छ । इरान र पाकिस्तानले इजरायललाई सीधै मान्यता दिएका छैनन् र कूटनीतिक सम्बन्ध पनि राखेका छैनन् ।

चीनको पकड पश्चिम एसियाली मुलुकहरूमा बलियो बन्दै गइरहेकोमा यस सम्झौताले कमजोर बनाएको देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x