नर्कमा जानुपरे पनि रुसको कोभिड खोप प्रयोग नगर्ने अमेरिकी अधिकारीहरूको भनाइ

अमेरिकाले कोभिड–१९ को खोप र उपचारमा पहुँच सहज बनाउनका लागि बनाएको निकाय अपरेसन वार्प स्पीडसँग अभूतपूर्व सहकार्यको प्रस्ताव गरेको रुसी अधिकारीहरूले बताएका छन् । 

तर अमेरिकी अधिकारीहरूले चाहिँ रुसको खोपका विषयमा अमेरिका खुला नरहेको बताए । 


Advertisement

‘अमेरिकामा रुसका विषयमा अविश्वासको वातावरण छ र त्यही अविश्वासका कारण खोप, परीक्षण र उपचार लगायतका रुसी प्रविधि अमेरिकामा ग्रहण गरिएको छैन,’ एक वरिष्ठ रुसी अधिकारीले बताए । 

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली मकनानीले राष्ट्रपति डोनल्ड ट्रम्पलाई रुसी खोपका विषयमा जानकारी गराइएको बताइन् । अमेरिकी खोपहरू तेस्रो चरणको कठोर परीक्षण र उच्च मापदण्डमा खरो साबित भएपछि मात्र प्रयोगमा ल्याइने उनको भनाइ छ । 


Advertisement

अन्य अमेरिकी अधिकारीहरू चाहिँ रुसको खोप अर्धो भएको बताउँदै यसमा अमेरिकाको गम्भीर आकर्षण नरहेको धारणा राख्छन् । ‘नर्क जानुपरे पनि अमेरिकाले रुसको यो खोप बाँदरमा समेत प्रयोग गर्दैन, मानिसको कुरा त परै जाओस्,’ अमेरिकाका एक सार्वजनिक स्वास्थ्य अधिकारीले बताए । 

रुसले कोरोनाभाइरसविरुद्ध खोप विकसित गरेको घोषणा मंगलवार गरेको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीले यो खोप लगाएको घोषणा गरेका थिए । 

तर खोपको तेस्रो चरणको परीक्षण हुनै बाँकी छ र विज्ञहरूले यसको प्रभावकारिताका विषयमा प्रश्न उठाएका छन् । 
 

कोभिडविरुद्धको प्रभावकारी खोप पत्ता लगाउनका लागि विश्वभरि २० भन्दा बढी परीक्षण भइरहेका छन् । खोप विकसित भएपछि अर्बौं मानिसहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ अनि खोप बनाउने कम्पनीले अर्बौं डलर कमाउनेछ । 

रुसले खोपका विषयमा सूचना साझा गर्न आफू खुला रहेको र अमेरिकी औषधि कम्पनीहरूलाई अमेरिकी भूमिमा रुसी खोप तयार पार्ने अनुमति दिने बताएको छ । 

केही अमेरिकी औषधि कम्पनीहरूले रुसी खोपका विषयमा जान्न इच्छुक रहेको तर रुसले बताएको छ तर कम्पनीहरूको नाम खुलाइएको छैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्