×

NMB BANK
NIC ASIA

जर्मनीले उपनिवेशकालमा गरेको सामूहिक हत्याको क्षतिपूर्ति नलिने नामिबियाको अडान

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनीले उपनिवेशकालमा गरेको सामूहिक हत्याका लागि एक करोड युरो बराबरको क्षतिपूर्तिलाई नामिबियाले अस्वीकार गरेको छ । यसमा पुनरवलोकन गर्नुपर्ने उसको भनाइ छ । 
 

Sagarmatha Cement
Muktinath Bank

नामिबियाका राष्ट्रपति हेग गाइनगोबले जर्मनीले सामूहिक हत्याका लागि दिएको क्षतिपूर्ति अस्वीकार्य भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जर्मनहरूले नामिबियामा दशौं हजार आदिवासी हेरेरो र नामाहरूलाई सन् १९०४ देखि १९०८ सम्म सामूहिक हत्या गरेका थिए । बीसौं शताब्दीको पहिलो नरसंहारका रूपमा त्यसलाई लिइन्छ । 


Advertisment
Nabil box
Kumari

सन् २०१५ मा दुई देशले एक सहमतिका लागि कुराकानी थालेका थिए जसमा जर्मनीले क्षमादान गर्ने र विकास सहायता उपलब्ध गराउने व्यवस्था थियो । 
 

Vianet communication
Laxmi Bank

नामिबिया सरकारका विशेष दूत जेड न्गाभिरुएले सम्झौताको विकासका विषयमा गाइनगोबलाई जानकारी दिएका छन् ।

जर्मन सरकारले गरेको परिपूरणको प्रस्ताव हल नभइसकेको विषय हो र नामिबिया सरकारले यसलाई स्वीकार गर्ने छैन,’ गाइनगोबले एक बयान जारी गरेर बताए । न्गाभिरुएलाई सुधारिएको अफरका विषयमा सम्झौता वार्ता जारी राख्न भनेको बयानमा उल्लेख गरिएको छ । 

जर्मनीले परिपूरण भन्ने शब्दावली पनि स्वीकार गर्न मानेको छैन । यहुदी नरसंहारपछि जर्मनीले इजरायलसँग गरेको सम्झौतामा पनि उक्त शब्द राखिएको थिएन । 

जर्मनीले आफ्ना उपनिवेशवादी अधिकारीहरूबाट ज्यादती भएको स्वीकार गरेको छ । केही अधिकारीहरूले यसलाई नरसंहारका रूपमा पनि पहिचान गरेका छन् । 

तर जर्मनीले सीधा परिपूरण तिर्न मानेको छैन । नामिबिया सरकारलाई लाखौं युरो बराबरको विकास सहायता उपलब्ध गराएको उसको कथन छ ।
 

नामिबियामा जर्मनीले सन् १८८४ देखि १९१५ सम्म शासन चलाएको थियो । त्यतिखेर देशलाई जर्मन साउथ वेस्ट अफ्रिका भनिन्थ्यो । 

त्यसपछि नामिबिया ७५ वर्षसम्म दक्षिण अफ्रिकाको शासनमा रह्यो र सन् १९९० मा बल्ल आएर स्वतन्त्र भयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x