×

NMB BANK
NIC ASIA

बार्सिलोना र बायर्न म्युनिखबीच च्याम्पियन्स लीगमा प्रतिस्पर्धा आज : कसको सम्भावना कस्तो ?

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

च्याम्पियन्स लीगको तेस्रो क्वार्टरफाइनल खेल आज राति पोर्चुगलको लिस्बोनमा खेलिँदैछ । 

Sagarmatha Cement
Muktinath Bank

आजको प्रतिस्पर्धामा स्पेनी क्लब बार्सिलोनाको भिडन्त जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बार्सिलोनाका लागि यो सीजन सुखदायी रहेन । उसले यस सीजनमा कुनै पनि उपाधि जित्न सकेको छैन । ला लिगामा ऊ दोस्रो स्थानमा रह्यो भने कोपा देल रे र स्पेनिस सुपर कप पनि जित्न सकेन । 
 


Advertisment
Nabil box
Kumari

यूईएफए च्याम्पियन्स लीगमा पनि बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । तर प्रतियोगितामा उसले अहिलेसम्म हार बेहोर्नुपरेको चाहिँ छैन । प्रिक्वार्टरफाइनलमा उसले नेपोलीलाई हराएको हो । 
 

Vianet communication
Laxmi Bank

बायर्न म्युनिखले भने घरेलु लीग बुन्डेसलिगा र जर्मन कप जितिसकेको छ र युरोपेली प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरेको छ । नयाँ प्रशिक्षक हान्सी फ्लिकको व्यवस्थापनमा क्लब झनै निखारिएको छ । 
 

बायर्नले सन् २०२० मा खेलेको एउटा खेलमा पनि पराजय बेहोरेको छैन । च्याम्पियन्स लीगमा बायर्नले आठैवटा खेल जितेको छ र त्यसक्रममा ३१ गोल गरेको छ भने जम्मा ६ गोल खाएको छ । 

बार्सिलोनाले चाहिँ प्रतियोगितामा १३ गोल गरेको छ । लेवान्दोस्की एक्लैले १३ गोल गरिसकेका छन् ।

बार्सिलोना र बायर्नको भिडन्त यसअघि सन् २०१४/१५ को च्याम्पियन्स लीगको सेमिफाइनलमा भएको थियो । त्यतिखेर बार्सिलोनाले बायर्नलाई दुवै चरणमा गरी ५–३ गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको थियो । 
बार्सिलोनाले आजको खेलमा स्यामुएल उम्टिटीलाई खेलाउन पाउने छैन । उनी घुँडामा चोट लागेर बाहिरिएका छन् । सर्जियो बुस्केट्स र आर्टुरो भिडाल खेलका लागि उपलब्ध हुनेछन् । उस्मान डेम्बेले पनि विकल्पका रूपमा रहेका छन् । मेस्सी र सुआरेज शुरूआती लाइनअपमा हुनेछन् ।

प्रशिक्षक किके सेटिएनले ४–४–२ को फर्मेसनमा खेलाडीहरू उतार्न सकिने बताएका छन् । 

सम्भावित लाइनअप यस्तो हुनेछ : टेर स्टेगेन, सेमेदो, पिके, लेंगलेट, आल्बा, रोबर्टो, भिडाल, बुस्केट्स, डी जोङ, मेस्सी, सुआरेज
 

बायर्न म्युनिखको कुरा गर्दा बेन्जामिन पाभार्ड घाइते छन् । उनको अनुपस्थितिमा जोशुआ किम्मिच राइटब्याकमा हुनेछन् र होल्डिङ मिडफील्डरको भूमिका त्याग्नेछन् । उनीसँग ब्याकमा अल्फोन्सो डेभिस, डेभिड अलाबा र जेरोम बोआटेङ हुनेछन् । म्यानुएल नोयरले गोलपोस्ट सम्हाल्नेछन् । 
 

मिडफील्डमा लियोन गोरेज्का र थियागो अल्कान्तारा हुनेछन् । टमस मुलर नम्बर १० मा हुनेछन् भने रोबर्ट लेवान्दोस्कीले आक्रमणको मोर्चा सम्हाल्नेछन् । लेवान्दोस्की उत्कृष्ट फर्ममा छन् । 

सम्भावित लाइनअप यस्तो हुनेछ : नोयर, किम्मिच, बोआटेङ, अलाबा, डेभिस, थियागो, गोरेज्का, कोमान, मुलर, नाब्री, लेवान्दोस्की

आजको खेलमा लियोनल मेस्सी चम्केछन् भने बार्सिलोनालाई फाइदा हुनेछ नत्र सबै पक्षमा बायर्न नै बार्सिलोनाभन्दा अब्बल देखिन्छ । 
 

लेवान्दोस्कीका रूपमा घातक स्ट्राइकर अनि सोलिड डिफेन्स भएकाले बार्यनको अवस्था बार्सिलोनाको भन्दा तुलनात्मक रूपमा राम्रो देखिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x