×

NMB BANK
NIC ASIA

माल्दिभ्समा चीनलाई उछिन्न भारतले गर्दैछ प्रयास

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको पेटी सडक पहललाई टक्कर दिनका लागि माल्दिभ्समा भारतले महत्त्वपूर्ण भौतिक संरचना निर्माण परियोजनामा प्रतिबद्धता जनाएको छ । 

Muktinath Bank

भारतले हिन्द महासागरमा रहेको माल्दिभ्सको सबभन्दा ठूलो नागरिक संरचना परियोजनामा सहयोग गर्ने भएको हो । परियोजना अन्तर्गत राजधानी मालेलाई तीनवटा टापु भिल्लिंगिली, गुलहिफाहु र थिलाफुशीसँग ६.७ किलोमिटर पुल र कजवेले जोडिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस परियोजनाले माल्दिभ्सको अर्थतन्त्र र भौगोलिक बनोटलाई बृहत्तर कनेक्टिभिटीमार्फत परिवर्तन गर्नेछ । ग्रेटर माले कनेक्टिभिटी प्रोजेक्ट विकासका लागि भारतले १० करोड डलर लगानी गर्ने प्रतिबद्धता गरेको छ । 


Advertisment
Nabil box
Kumari

भारतले माल्दिभ्सलाई ४० करोड डलरको लाइन अफ क्रेडिट पनि उपलब्ध गराउनेछ । थिलाफुशी टापुमा नयाँ औद्योगिक क्षेत्र निर्माण गरिनेछ । अन्य दुई टापुमा बन्दरगाह निर्माण गरिनेछ । 

Vianet communication
Laxmi Bank

सन् २०१८ मा इब्राहिम मोहम्मद सोलिह राष्ट्रपति बनेपछि माल्दिभ्सले चीनका बीआरआई परियोजनाहरूको समीक्षा गरिरहेको छ । उनीभन्दा अघिका राष्ट्रपति अब्दुल्ला यामीनले चिनियाँ परियोजनामा जोड दिएका थिए । 

उक्त परियोजनामा सबभन्दा विशाल चाहिँ १.४ किलोमिटरको माल्दिभ्स–चीन मैत्री पुल हो । त्यसले मालेलाई पूर्वी टापुहरू हुलहुले र हुलहुमालेलाई जोड्नेछ । 

माल्दिभ्सले पेटी सडक पहल परियोजनाका आर्थिक विषयमा चिन्ता व्यक्त गर्ने गरेको छ । केही विश्लेषकहरूले त्यसलाई ऋण पासो नाम दिएका छन् । 
 

यामीनको शासनकालमा चीन र चिनियाँ कम्पनीहरूलाई बढी महत्त्व दिइन्थ्यो । त्यसले भारतलाई असहज बनाएको थियो । माल्दिभ्स १२ सयवटा टापुहरूको समूह भएकाले हिन्द महासागरको मध्यमा विशाल क्षेत्रमा जलमार्ग अधिकार दाबी गर्छ । 

चीनले पाकिस्तान, नेपाल, म्यान्मार, बंगलादेश लगायत भारतका छिमेकी मुलुकहरूमा प्रभाव विस्तार गरिरहेकाले भारत घेराबन्दीमा परेको अनुभव गर्छ । 

भारत अहिले माल्दिभ्स लगायतका मुलुकलाई फकाउने कोशिश गरिरहेको छ । माल्दिभ्सका सोलिहले भारत पहिलो नीति अपनाउन थालेको देखिन्छ । 

माल्दिभ्स आर्थिक वृद्धिका लागि मुख्यतः पर्यटनमा निर्भर छ । कोरोनाभाइरस फैलिएपछि लगाइएको लकडाउनका कारण उसले अहिले कठोर आर्थिक क्षति बेहोरेको छ किनकि विदेशी पर्यटक आउन पाएका छैनन् । विश्व बैंकको अनुमान अनुसार उसको अर्थतन्त्र ११ देखि १४ प्रतिशतले घट्नेछ । 

भारतले माल्दिभ्सलाई ४० करोड डलर बराबरको मुद्रा सटही सुविधा पनि दिएको छ । विदेशी मुद्रा सञ्चितिको अभाव र वृद्धि रोक्काबाट मुक्त हुन माल्दिभ्सलाई यसरी भारतले सहयोग गरेको हो । माल्दिभ्सले यस वर्ष लगभग ४० करोड डलरको बजेट घाटा सहने लक्षण देखिँदैछ । 

एसिया टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x