×

NMB BANK
NIC ASIA

कोरोना कहर

कोरोना महामारीमा स्वदेश फर्किन चाहन्छन् अझै ४३ हजार नेपाली, ९५ हजार पुग्यो कुल आवेदन

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछि रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सरकारले स्वदेश फिर्ता गर्ने निर्णय गरेपछि झण्डै ९५ हजार जनाले नेपाल फर्कनको लागि आवेदन दिएका छन् । 

Muktinath Bank

पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, जेष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएकाहरु मध्येबाट नेपाल फर्कन आवेदन दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म ८५ वटा देशबाट ९४ हजार २८५ जनाले स्वदेश फिर्ता हुन इच्छा व्यक्त गरेर विदेश स्थित नेपाली राजदूतावासमा आवेदन दिएको परराष्ट्र मन्त्रालयका अधिकृत मनोहरी दङ्गालले लोकान्तरलाई बताए । 
‘हालसम्म नेपाल आउन चाहने ९४ हजार २८५ जनाले आवेदन दिनुभएको छ,’ अधिकृत दङ्गालले भने । 


Advertisment
Nabil box
Kumari

आवेदन दिएका मध्ये बुधवार (साउन २८ गते) सम्म ५० हजार ४ सय १३ जना स्वदेश फिर्ता भएका छन् भने अझै ४३ हजार ८३७ जना नेपाली स्वदेश फर्कनको लागि प्रतिक्षामा रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

परराष्ट्र मन्त्रालयका अनुसार स्वदेश आउन चाहने सबैभन्दा धेरै संयुक्त राज्य इमिरेट्स (यूएई) मा ३३ हजार ८ सय ९३ जनाले आवेदन दिएका थिए जसमध्ये १४ हजार नेपाल आइसकेका छन् । 

यस्तै स्वदेश आउन चाहने नेपाली संख्या धेरै भएको अर्को मुलुक कतार हो । स्वदेश आउनका लागि कतारस्थित नेपाली राजदूतावासमा १४ हजार ५ सय जनाले आवेदन दिएका मध्ये ५ हजार ३ आइसकेका छन् भने ९ हजार अझै आउन बाँकी छन् । 
यस्तै साउदी अरेबियामा १४ हजार जनाले आवेदन दिएका छन् भने १० हजार जनाको अझै परराष्ट्रको डाटा बेसका इन्ट्री नभएको मन्त्रालयले जनाएको छ । 
‘साउदीबाट आउन चाहने १४ हजार जनाको दूतावासले डाटा बेसमा इन्ट्री गराएको छ । अझै १० हजार जनाको केही दिनमा इन्ट्री गरिसक्छौँ भनेर मौखिक जानकारी गएको छ,’ मन्त्रालयका अधिकृत दङ्गालले भने ।

मलेसियाबाट ११ हजार ५७५ जना, दक्षिण कोरियाबाट २ हजार ६३५ जना र कुवेतबाट ७ हजार जनाले स्वदेश फर्किनको लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । अझै स्वदेश फर्कन चाहनेहरुले आवेदन दिने क्रम जारी नै रहेको मन्त्रालयको भनाइ छ ।

२ महिनामा ५० हजार स्वदश फर्किए

कोरोनाभाइरसको महामारी पछि चार्टड विमान मार्फत विदेशमा अलपत्र परेका ५० हजार नेपाली घर फर्किएका छन् । 

सरकारले स्वदेश फर्काउन शुरू गरेको २ महिना जेष्ठ २३ गतेदेखि साउन २८ गतेसम्म ५० हजार भन्दा धेरै अर्थात ५० हजार ४ सय १३ जनालाई स्वदेश फिर्ता भइसकेका छन् । 

स्वदेश फर्किनेमा सबैभन्दा धेरै संयुक्त राज्य इमिरेट्स (यूएई) बाट १४ हजार ६५ जना स्वदेश फिर्ता भएका छन् ।  यस्तै दोस्रो धेरै साउदी अरेबियाबाट ७ हजार ८१७ र सबैभन्दा धेरै अलपत्र परेका भनिएको मलेसियाबाट ७ हजार ६४२ जना स्वदेश फर्किएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले जनाएको छ । 

पछिल्लो समयमा आकर्षण रोजगारीको रुपमा लिइएको दक्षिण कोरियाबाट ९ सय ६७ जना स्वदेश फर्किका छन् । कतारबाट, ५ हजार ८६४, कुवेतबाट ६ हजार २३९, जापानबाट १ हजार २३, बहराइनबाट ९ सय ८०, अस्ट्रेलियाबाट, ९ सय ४३, ओमानबाट ६ सय ३६, थाइल्याण्डबाट ३ सय २६, चिनबाट, २ सय ८ जना नेपालीलाई स्वदेश फिर्ता भएका छन् । 

यस्तै प्रदेश अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशका १३ हजार ८ सय २५ जना स्वदेश फिर्ता भएका छन् । 

प्रदेश नम्बर १ का १० हजार ६२३, प्रदेश नम्बर २ का ८ हजार ३५७, गण्डकी प्रदेशका ६ हजार ४७८ जना, प्रदेश नम्बर ५ का ८ हजार ३९५, कर्णाली प्रदेशका १ हजार १५५ र सुदुरपश्चिम प्रदेशका १ हजार २९७ जना स्वदेश फिर्ता भएको सीसीएमसीको तथ्याङ्क छ ।

हवाइजहाज मार्फत स्वदेश फर्किका नेपालीलाई काठमाडौं विभिन्न ठाउँमा प्रदेश अनुसार होल्डिङ सेन्टर बनाएर कोरोना परिक्षण गरेर आ–आफ्नो घर फर्किरहेका छन् । 

कोरोना भाइरसको महामारी पछि विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउनका लागि सरकारले निर्णय गरेपछि जेष्ठ २३ गते पहिलो पटक म्यानमारबाट त्यहाँको सेनाको विमानमा २६ र युएईबाट १६९ जना नेपालीलाई स्वदेश ल्याएको थियो ।

विदेशमा रहेका नेपालीहरूबाट पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, जेष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका, भिसा सकिएर चेक आउट भएका र आफन्त बितेर अन्तिम संस्कारमा आउनुपर्नेहरूलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको थियो ।

पहिलो चरणमा अत्यन्तै समस्यामा परेका नेपालीलाई फिर्ता ल्याउनका लागि ‘एक्सन प्लान’ अर्थात् ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना, २०७७’ बनाएर कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन शुरू गरेको थियो । 

२६ वटा शीर्षक बनाएर भारत र तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई दैनिक ३ हजार ५ सयको दरले प्रत्येक दिन ल्याउने कार्ययोजना सरकारले बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x