शिक्षक संगठनको आयोजनामा तीज विशेष कार्यक्रम, कोमल वलीको विशेष प्रस्तुति रहने

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागको आयोजनामा  ‘तीज विशेष (राष्ट्रव्यापी गायन ) कार्यक्रम २०७७’ शनिवार (आज) सम्पन्न हुँदैछ ।

कानुन, न्याय तथा संसदीय मन्त्री डा शिवमाया तुम्बाहाम्फेकाे प्रमुख आतिथ्यमा हुने कार्यक्रम दिउँसो ३ बजेबाट शुरू हुने संगठन बाँकेका राष्ट्रिय सचिवालय सदस्य एवं संस्थागत विद्यालय विभागकी संयोजक कमला थापाले जानकारी दिइन्।


Advertisement

देशभरबाट २८ जनाले गायन  प्रतियोगितामा भाग लिँदै छन् ।

जसअनुसार, प्रदेश १ बाट ७ जना, प्रदेश २ बाट २ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट ४ जना, प्रदेश ५ बाट ५ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदुरपश्चिम प्रदेशबाट २ जना गरी संगठनका राष्ट्रिय सदस्य एकदेव पन्थीले बताए।


Advertisement

जूम प्रविधिबाट संचालन गरिने कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् गायिका काेमल वली, प्रतिनिधि सभा सदस्य रन्जु झा, शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा , संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा लगायतकाे सहभागिता रहने बताइएकाे छ।

संगठनले जूमकाे प्रयोग गर्दै माइक्रो टिचीङ म्याराथन २०२० र ननिदाएका शिक्षक लगायतका कार्यक्रमहरु संचालन गरिरहेकाे छ ।

कार्यक्रममा सहभागी हुन  जुम आईडी ९८५१०८०८६० र पासवर्ड ३०५०२८ प्रयोग गर्नुपर्ने छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्