बागलुङको निसीखोलामा पहिरोले ३ जनाको मृत्यु

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

प्रतिकात्मक तस्वीर

बागलुङको निसीखोला गाउँपालिकामा २ घर पहिरोमा पर्दा ३ जनाको ज्यान गएको छ ।

गाउँपालिका–५ का हिरे विक र वडा ३ का चुच्चे विकको घर पहिरोमा परेको हुन् ।


Advertisement

हिरे विकको घर भत्किँदा उनका कान्छा छोरा १४ वर्षीय वीरेन्द्र विक र स्थानीय ६ वर्षीय प्रवेश विकको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।

वडा ३ का चुच्चे विकको घर पहिरोमा पर्दा उनकी ६० वर्षीया पत्नी बली विकको मृत्यु भएको छ । 


Advertisement

पहिरोमा हिरे विककी ५३ वर्षीया पत्नी दीलसरा विक सामान्य घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

अविरल वर्षापछि शुक्रवार राति १ बजे घरमाथिबाट पहिरो खस्दा मानवीय क्षति हुन गएको प्रजिअ न्यौपानेले बताए ।

यसअघि पहिरोले आफ्नो घर भत्किएपछि आश्रयका लागि प्रवेश विक हिरे विकको घर गएका थिए । उनी हिरेका छिमेकी टेकमान विकका छोरा हुन् । 

पहिरामा पुरिएकाहरूको शव इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा शनिवार बाहिर निकालेको छ ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्