कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
रोपाइँ सकिएयता कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीकी विपति थरुनी (६०) डेलुवा बुन्नमा व्यस्त छिन् । जवान नातिनीको विवाहमा सगुनको रूपमा प्रदान गर्न उनी डेलुवा बुन्नमा जुटेकी छन् ।
उनी मात्रै होइनन्, उनकी बुहारी वनस्पति थरुनी पनि भात भान्साको काम सकिएलगत्तै ढकिया र डेलुवा बुन्नमा जुटिहाल्छिन् ।
‘रोपाइँपछि हामी फर्सदिलो हुन्छौं । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौं,’ वनस्पतिले भनिन्, ‘घर बाहिर जाउँ भने कोरोना सोरोना रोग लाग्ने भन्छन् । घरमै हरचाली (फुर्सदको काम) गर्न नै ठीक लाग्छ ।’
जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु जातिमा प्रायः विवाह, औपचारिक कार्यक्रममा सजावटी तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुन्छ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नको लागि प्रयोग गर्नलाई बनाइन्छ । यी घरायसी सामग्री बुन्न सीपसँगै मेहनत उत्तिकै जरुरी गर्नुपर्छ ।
कोरोना कहरले ग्रामीण भेग पनि अछुतो रहेन । संक्रमण समुदाय स्तरमा फैलिँदै गएपछि मनोवैज्ञानिक त्रास उस्तै छ । ग्रामीण भेगका तन्नेरीहरू कोही नयाँ प्रविधि उन्मुख छन् त कोही विना काम आजभोलि भौतारिरहँदा वयस्कदेखि बुढापाकाहरू भने पुर्ख्यौली ज्ञान, सीपको सदुपयोग गर्दै त्रास भुलाउने ध्याउन्नमा छन् ।
यतिबेला ग्रामीण भेगका महिलाहरू ढकिया, डेलुवा, पनछोप्नी (पानी छोप्ने वस्तुु) लगायत घरायसी प्रयोगमा आउने वस्तु बनाउनमा लागेका छन् । पुस्तौंदेखि प्रचलनमा रहेको ज्ञान र सीपको सदुपयोग गर्दै उनीहरू विभिन्न उपकरण बनाउन लागेका हुन् ।
चाडपर्वहरू नजिकिँदै गर्दा पर्वमा चाहने वस्तुहरू जोहो गर्नाले एकातिर समयको सदुपयोग र अर्कोतिर घरमै बसिने भएकाले महामारीको संक्रमणबाट जोगिन सकिने कैलारी गाउँपालिका–६ का वडा सदस्य महावीर चौधरी बताउँछन् ।
बेनौलीकै सुझावन डंगौरा थारु (६५) आजभोलि ढह्रिया बुनेर फुर्सदको समय सदुपयोग गर्दै आएका छन् । माछा मार्ने उद्देश्यले ढह्रिया बुन्दै आएका उनले यताउता डुलेर जोखिम मोल्नुभन्दा घरमा बसेर हरचाली गर्नु नै जाती भएको बताए ।
सुझावन भन्छन्, ‘पुुरानो ज्ञान सीपको फाइदै–फाइदा छ । ढह्रियामा दिनहुँ सजिलै माछा फसेकै हुनाले प्रत्येक दिनको खान्कीमा माछा नै हुन्छ हाम्रो । बढी भएको माछाको पक्ली (सिद्रा) बनाउँछौं । जुन चाडपर्वमा विशेष परिकारको रुपमा रहन्छ ।’ थारु जातिमा ढह्रिया बनाउने हस्तकला प्रविधि पुस्तौंदेखि चल्दै आएको निकै मौलिक माछा मार्ने प्रविधि हो ।
यतिबेलाको फुर्सदको समयमा ग्रामीण बस्तीमा ढह्रियाले मात्रै होइन, टापी, जाल, बरेरुवा लगायत माछा पार्ने प्रविधिका साथै खतिया, सुप्पा (नाङ्लो) डिलिया (माछा राख्ने भाँडो), छिट्नी, छिटुवा, वस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, छर्की, बेना (हाते पंखा) लगायत बुन्ने काम हुँदै आएको देख्न पाइन्छ ।
घरायसी प्रयोजनमा आउने ती वस्तुहरू फुर्सदको समयमा बनाइने गरिए पनि बाह्रौंमास प्रयोगमा आउँछन् । जुन वातावरणीय हिसाबले र आयआर्जनको हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको बताइन्छ ।
तर पछिल्लो समय सो प्रविधि तथा बनाउने ज्ञान र सीप बिस्तारै लोप हुँदै गएका छन् । समय अनुसार नयाँ पुस्तामा हस्तान्तरण हुन सक्दा ती हस्तकला सम्बन्धी ज्ञान र सीप लोप हुँदै गएको थारु संस्कृतिविद् अशोक थारु बताउँछन् ।
विभिन्न दृष्टिकोणबाट वैज्ञानिक र किफायती रहेका ती सामग्री बनाउने ज्ञान र सीपलाई व्यावसायिकतामा ढाल्न सके संरक्षण गर्न सकिने संस्कृतिविद् थारु औल्याउँछन् ।
‘आजभोलि देखिएको महामारीको बीचमा हरचाली गर्नुभन्दा थारु जातिमा फुर्सदको समय खेर नफाली उपयोगी उपकरण बनाउने कार्य पुस्तौंदेखि चल्दै आएको छ । जुन वैज्ञानिक छ । वातावरणमैत्री छ । आयआर्जन गर्न सकिने सम्भावनायुक्त छ । त्यस्तैले व्यावसायिकताको माध्यमबाट पुस्तान्तरण गरेर संरक्षण गर्न जरुरी छ । राज्यको निकायले त्यस्ता ज्ञान र सीपको प्रवद्र्धन जरुरी जरुरी छ,’ संस्कृतिविद् थारु भन्छन् ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...