×

NMB BANK
NIC ASIA

कोरोना निको हुने दर उच्च

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।  सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

Muktinath Bank

सक्रिय कोरोनाको प्रतिशत नौ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शून्य दशमलव ३० छ । म्याग्दीमा ४८ सङ्क्रमित रहेकामा सबै जना निको भएपछि घर फर्केका छन् । म्याग्दीमा सक्रिय बिरामी छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्कीमा १९५ सङ्क्रमित भएकामा १४५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने सक्रिय केस ४९ जना छन् । कास्कीमा एक जनाको मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

पर्वतमा १०४ सङ्क्रमित भएकामा ९८ जना निको भए भने छ जनाको उपचार भइरहेको छ । यसैगरी बाग्लुङमा २६३ सङ्क्रमितमा २४४ निको भए भने १८ जनाको उपचार जारी रहँदा एक जनाको मृत्यु भएको छ । 

Vianet communication
Laxmi Bank

स्याङ्जामा २९८ मध्येमा २५६ उपचारपछि घर फर्केका छन् । जिल्लामा ४० जनाको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा ३३३ मा ३२६ निको भएका छन् भने सात जनाको उपचार भइरहेको तथा तनहुँमा २१० सङ्क्रमित हुँदा १८० निको भए भने ३० जनाको उपचार भइरहेको छ । 

गोरखामा ११६ जना सङ्क्रमित रहेकामा ११२ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको उपचार जारी रहँदा एक जनाको कोरोनाका कारणबाट मृत्यु भएको छ । 

लमजुङमा ११३ मा १०९ निको भएका छन् भने चार जनाको उपचार जारी छ ।  हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने एक÷एकजना सङ्क्रमित भएका दुवै जना उपचारपछि निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा गरी एक हजार ११२ जना क्वारेन्टिनमा रहेका छन् । 

१८ जना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीमा ११ तथा तनहुँ र बाग्लुङमा दुई÷दुई तथा गोरखा, नवलपरासी र बाग्लुङमा एक÷एकजना छन् । कास्कीमा सङ्क्रमण पुष्टि भएका सबै जना पोखरा महानगरपालिका भित्रका हुन् ।

सङ्क्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । यससँगै प्रदेशमा सङ्क्रमित एक हजार ७०० पुगेका छन् । 

प्रदेशमा हालसम्म ३२ हजार ९९६ जनको पिसिआर विधिबाट नमूना जाँच गरिएकामा ३१ हजार २९६ जनामा कोरोना देखिएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x