×

NMB BANK
NIC ASIA

नयाँ प्रविधिको उपयोग गरी गाईबाच्छा बचाइँदै

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दुर्घटनामा परेका, विविध रोगव्याधि लागेका र तागत नभएका कारण बसेका ठाउँबाट उठ्न नसक्ने असहाय गाईबाच्छा बचाउन विशेष उपकरणको प्रयोग हुन थालेको छ ।

Muktinath Bank

विभिन्न समस्याका कारण जीवन जोखिममा परेका गाईबाच्छा सामान्य तरिकाबाट जोगाउन असम्भव हुन थालेपछि उपकरण प्रयोगमा ल्याइएको छाडा गाईबाच्छ संरक्षण अभियानका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।
 
आफ्नै शरीर भारी भइसकेका अवस्थामा त्यस्ता अधिकांश गौप्राणी मर्न थालेपछि  अभियानकर्मी भगवान् पुडासैनीको विशेष निगरानी र पहलमा अशक्त गाईबाच्छालाई उभ्याउन सक्ने एवं उठाउन मिल्ने विशेष उपकरण तयार गरिएको उनले बताए । संविधानले राष्ट्रिय जनावरको मान्यता दिए पनि उपकरणका अभावमा गाईबाच्छा बचाउन कसैले पहल गरेको थिएन ।
 
घिर्नीको सहयोगबाट ६०० किलोसम्मको गाईबाच्छालाई उठाएर राख्न सकिने उपकरण गोठाटारमा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानमा नौलो प्रयोगका रुपमा प्रस्तुत गर्न थालिएको छ ।
 
यसको सफल प्रयोगपछि काठमाडौँ उपत्यकाभित्र दुर्घटनामा परेका एवं अशक्त धेरै बाच्छाबाच्छीले जीवन पाउने विश्वास गरिएको छ । करीब रु ३५ हजारमा निर्मित उपकरण बनाउन कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी निवासी सुन्दरराज पुडासैनीले रु पाँच हजार सहयोग गरेका थिए ।
 
यसैगरी असहाय गाईबाच्छा संरक्षणका लागि एक व्यक्ति एक दिन अभियानअन्तर्गत वर्षमा एक दिन विशेष अवसरमा औषधोपचार र भोजन व्यवस्थापनमा आउनेको पनि भीड लाग्न थालेको छ । केदार सञ्जेल आफ्नी छोरीको पुण्यतिथिका अवसरमा गाईबाच्छालाई सहयोग गर्न आज संरक्षणस्थल पुगे ।
 
बहिनीको पुण्यतिथिका अवसरमा यानप्रसाद अधिकारीले असहाय गाईबाच्छाका लागि योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी धेरै व्यक्तिले सहयोगको वाचा गर्नुभएको अभियानले जनाएको छ । 
 
असहाय बाच्छाबाच्छी संरक्षण अभियानका लागि बौद्धस्थित भेटरान क्लबका तर्फबाट खाद्यान्न उपलब्ध भएको छ । यस्तै अभियानकर्मीका सहयोगमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उत्तरी भेगस्थित वाग्मती किनार र गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गामा करीब २०० असहाय गाईबाच्छा संरक्षण गरिएको छ ।
 
राजधानीमा गाईपालकले बाच्छा जन्मिए केही महिनामै सडक, मन्दिर वा नदी किनारमा छाडिदिने गरेका छन् । गौपालकले गर्ने यस्ता कुकृत्य रोक्न कुनै पनि स्थानीय तहले पहल गरेका छैनन् ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x