विदेशमा अलपत्र साढे ५१ हजारको उद्धार, कुन देशबाट कति फर्किए? (सूचीसहित)

कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण समस्या तथा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने क्रम जारी छ। 

जेठ अन्तिम साताबाट उद्धार थालिएकामा हालसम्म ५१ हजार ४ सय ४१ जना स्वदेश फर्किएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ। 


Advertisement

सिसिएमसीका अनुसार उद्धार गरिएकामध्ये प्रदेश १ का १० हजार ८ सय ८३, प्रदेश २ का ८ हजार ५ सय ६ र बागमती प्रदेशका १४ हजार २ सय ५७ जना रहेका छन्।

त्यस्तै, गण्डकीका ६ हजार ७ सय १, प्रदेश ५ का ८ हजार ५ सय ९८, कर्णालीका १ हजार १ सय ७७ र सुदूरपश्चिमका १ हजार ३ सय १९ जना रहेका छन्। 


Advertisement

उनीहरूलाई चार्टर्ड विमानबाट नेपाल ल्याइएकामा खर्चको व्यवस्थापन स्वयं व्यक्तिले गरेका थिए।

सिसिएमसीका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट १४ हजार ३ सय १४ रहेका छन्। भदाै १ गतेबाट दाेस्राे चरणको उद्धार हुँदैछ।

कुन देशबाट कति फर्किए? 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्