×

NMB BANK
NIC ASIA

ओलीले मोदीलाई भने-अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा छ

नेपाल र भारतका परराष्ट्र मन्त्रालयकाे छुट्टाछुट्टै विज्ञप्ति

साउन ३१, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिवार टेलिफोन वार्ता गरेका छन्।

Muktinath Bank

यससँगै नेपाल र भारतबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुबै देशका प्रधानमन्त्री भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा उनलाई बधाई एवं शुभकामना व्यक्त गरे।


Advertisment
Nabil box
Kumari

परराष्ट्रद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो।’

Vianet communication
Laxmi Bank

कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिको क्षेत्रमा सहकार्य गर्न सहमत भएका हुन्।

महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेमा जोड दिए।

भारतीय विदेश मन्त्रालयका अनुसार दुबै देशका प्रधानमन्त्रीबीच कोरोना भाइरस रोकथामका विषयमा कुराकानी भएको हो।

भारतीय विदेशद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार नेपालका प्रधानमन्त्री ओलीले भारत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गरेका थिए।  

मोदीले कोरोनाविरुद्ध लड्न नेपाललाई सहयोगका प्रतिवद्धता जनाएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

गत चैत २८ मा सार्क राष्ट्रका सरकार प्रमुखसँगको भर्चुअल सम्वादमा ओली र मोदीबीच कुराकानी भएको थियो। त्यसयता दुई प्रधानमन्त्रीबीच कुरा हुन सकेको थिएन । 

कुटनीतिक वार्ता मार्फत भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई सत्तारुढ नेकपाले आग्रह गरेको थियो। यस्तै संसदका समितिहरुले पनि अतिक्रमित भूमिमा नेपाली भोगाधिकार स्थापित गर्न सरकारलाई निर्देशन दिएका थिए।

दुई प्रधानमन्त्रीबीचको फोनवार्तासँगै नेपाल भारतबीचको संवादहीनता तोडिएको छ।

यसै साता काठमाडौंमा भारतीय राजदूत र नेपालका परराष्ट्रसचिव स्तरको संयन्त्रको बैठक हुने कार्यक्रम छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x