कहिल्यै नफ्याँक्नुस् चौलानी, छन् यस्ता फाइदा

चौलानीलाई मानिसहरू बेकार कुरा ठानेर फ्याँकिदिन्छन् तर स्वास्थ्यका लागि यो रामवाण हो । 
 

चौलानीमा सबै आवश्यक पोषक तत्त्वहरू भरपूर हुन्छन् । यसको सेवनले तौल घटाउन सहयोग गर्छ अनि रक्तचाप पनि नियन्त्रणमा राख्छ । 


Advertisement

यहाँ हामी चौलानीका केही फाइदाका बारेमा कुरा गर्नेछौं ।

तौल घटाउँछ
चौलानी पिउँदा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि नियन्त्रणमा रहन्छ जसले गर्दा तौल घटाउन सहज हुन्छ । 


Advertisement

पाचन प्रक्रियामा सुधार
दिनदिनै चौलानी पिउँदा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन् । तिनले पाचन प्रक्रियालाई चुस्त बनाउँछन् । अझ चौलानीमा कागतीपानी मिसाउँदा कब्जियतको समस्या भाग्छ । 

ऊर्जा बढाउँछ
चामलमा कार्बोहाइड््रेट भरपूर हुनाले चौलानी पिउँदा शरीरमा दिनभरि ऊर्जा रहन्छ । बिहान एक गिलास चौलानी अवश्य पिउनुस् । त्यसमा अलिकति मह राखेर पिउँदा झनै राम्रो । 

ज्वरो भगाउँछ
भाइरल इन्फेक्सन वा ज्वरो आउँदा एक गिलास चौलानीमा मरिच राखेर पिउनुस् । छिटो ठीक हुनुहुनेछ । 

शरीरमा पानीको कमी हुन दिँदैन
चौलानीले शरीरलाई सबै आवश्यक पोषक पदार्थ दिन्छ र पानीको कमी पनि हुन दिँदैन । त्यसमा दूधको तर मिसाएर खाए हुन्छ । 

रक्तचाप नियन्त्रण
उक्त रक्तचापको समस्या छ भने दिनदिनै एक गिलास चौलानी पिउनुस् । त्यसमा भएको सोडियम भएकाले उच्च रक्तचाप र हाइपरटेन्सनमा फाइदा गर्छ । 

हाड बलियो
आधा गिलास चौलानी र आधा गिलास दूध मिसाएर पिउँदा हाड बलियो हुन्छ । यसरी पिइरहँदा बुढेसकालमा जोर्नी दुख्ने समस्या हुँदैन । 

चम्किलो छाला
दिनदिनै चौलानी पिउँदा छाला चम्किलो हुन्छ । चौलानीले अनुहार धोए पनि हुन्छ । यसले पिम्पल, चाउरी र आँखामुनि कालो जस्ता समस्या पनि भगाउँछ । 

कपाल झर्न रोक्छ
चौलानी पिउँदा वा त्यसले कपाल नुहाउँदा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । यसले तालुलाई सबै पोषक तत्त्व दिलाउने हुँदा कपालको जरा बलियो हुन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्