बालगायक अग्रज भट्टराईले ल्याए पाँचाै गीत, ‘नभाग पुतली’ सार्वजनिक (भिडियोसहित)

११ वर्षीय बालगायक अग्रज भट्टराईको स्वरमा ‘नभाग पुतली’ बोलको गीत सार्वजनिक भएको छ। याे उनकाे  पाँचाैं गीत हाे।

गायक अग्रजको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा पुतली कसरी राम्रो बन्यो भनेर प्रश्न गरेका छन्। साथै पुतली र मानव बीचको प्रेम सम्बन्धका बारेमा चर्चा छ।


Advertisement

डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईले संगीत भरेका छन्।

गायक अग्रजले गीतमार्फत जिज्ञासा राखेका छन् –


Advertisement

कसो गरी राम्रो भइस पुतली त भन् त?
किन भाग्छस् पर मैले भेट्ने सक्ने बन त 
नभाग पुतली, नभाग पुतली
माया  गरी राख्छु तँलाई नभाग पुतली।

अग्रजले यसअघि चारवटा गीतमा स्वर भरिसकेका छन्। उनले सुरुमा 'आज सानै भए त के भाे' गीतमा स्वर भरे भने दाेस्राे गीत 'सबै भन्छन्' हाे। अग्रजकाे तेस्राे गीत  ‘बादलमा बुट्टा’ हाे भने चाैथाे गीत 'आमा'।

भट्टराई बहुप्रतिभाशाली बालगायक हुन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ का स्थायी बसोबास भएका बुवा मीन भट्टराई र आमा जुनु भट्टराईका सुपुत्र अग्रज हाल सल्लाघारीस्थित राजर्शी गुरुकुलमा अध्ययनरत छन्।

सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन्। उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन्।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्