असार २५, २०७९
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
रेल र पानीजहाजका सपना सुन्दा रमाइलो लाग्छ, चाँडै आइदिए हुँदो हो जस्तो लाग्छ । त्यही उत्साहमा सबै पत्याएर जनताले झण्डै दुईतिहाइको बहुमत दिएर एउटा दललाई सत्तामा पनि पठाए ।
तर हाम्रा दुःख पीडा ज्यूँका त्यूँ । कोही व्यक्ति सिकिस्त बिरामी हुँदा भर्ना हुने आईसीयू र भेन्टिलेटरको अभाव त छ नै, सिकिस्त भएर भर्ना हुने कुरा छोडौं, बिरामी सिकिस्त भएर अस्पताल जानलाई सुविधायुक्त एम्बुलेन्स समेत रहेनछ ।
एक जना कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनको अवधि पूरा भइ अस्पतालले घर जान सल्लाह दिइसकेपछि हामी घर लैजाने सवारीसाधनको व्यवस्था गर्न निस्कियौं ।
एक जना साथीले खोजेर पठाएको एम्बुलेन्स आयो, हामी बिरामीलाई बाहिर बोलायौं । जाने व्यक्ति कोरोना संक्रमित भइ आइसोलेसनबाट निस्केको सुनेपछि एम्बुलेन्स तुरुन्तै नाइ भनेर हिँड्यो । चालकसँग न पीपीई थियो, न मास्क, न स्यानिटाइजर । त्यसैले गयो होला, त्यो देखेरै म दंग परें ।
अब पर्यो अप्ठ्यारो ! वार्डबाट निकालेको बिरामीलाई अस्पताल बाहिरको चौरमा उभ्याएर म एम्बुलेन्स जोहो गर्न लागें । त्यसपछि मैले प्रविधिको सदुपयोग गर्दै १०२ नम्बर डायल गरें । उपत्यकाभन्दा बाहिर हाम्रो सेवा छैन, माफ गर्नुहोला भनेर फोन राखियो ।
नेपाल भनेकै काठमाडौं, जनता भनेकै काठमाडौंका त रहेछन् जस्तो पो महसूस भयो । (यो राज्यको व्यवहारलाई इङ्गित गरेको, यहाँका साथीहरू चित्त नदुखाउनु) ।
अनि मैले १९७ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा प्रदायकको नम्बर मागें । एउटा नम्बर दिइयो, त्यसले फोन उठाएर काट्यो, मेरो मन मर्यो । फेरि मैले त्यसमा फोन गरिनँ ।
अनि अस्पतालको गार्डमार्फत अर्को एउटा एम्बुलेन्सको नम्बर लिएर कुरा गरें । उसले करीब १५ मिनेटपछि ‘यता उता कुरा गर्दा कसैले पनि जान मानेनन्, त्यस्तो बिरामीलाई लैजान रिस्क छ सर हामीकहाँ त्यो सेफ्टी भएको एम्बुलेन्स छैनन्’ भनेर फोन राखिदियो ।
मैले फेरि उसलाई फोन गरेर ‘यस्तै कोरोना संक्रमितलाई लैजान मिल्ने विशेष सुरक्षायुक्त १–२ वटा पनि एम्बुलेन्स छैनन् त नेपालमा ?’ भनेर सोधें । उसले ‘एउटा छ मैले जानेको, त्यसलाई सोधिसकें तर ५० हजार दिँदा पनि जान मानेन’ भन्ने जानकारी गरायो ।
करीब २ घण्टा बित्यो । बिरामीलाइ अस्पताल बाहिर चौरमा उभ्याएर राख्दाको पीडा आफ्नो ठाउँमा छ । यता यो सब देखेर म निराश भएँ । सँगसँगै असाध्यै रिस पनि उठेर आयो । बेसरी दुःख लाग्यो ।
बल्लतल्ल नाम चलेको निजी अस्पतालमा कार्यरत एक जना साथीको सहयोगमा, उनको व्यक्तिगत सम्बन्धको आधारमा, ‘नाइ भन्न नसकेर’ एक जना दाइ आउनुभो । केही सन्तोषजनक सुरक्षा अपनाएर उहाँसँगै पठायौं ।
जनता ६–७ महिनादेखि बन्दी जस्तै जीवन काटेका छन् । व्यवसाय चौपट भए, अर्थतन्त्र ओरालो छ । तर सरकार र मूलतः स्वास्थ्य मन्त्रालयले यो परिस्थितिमा पनि एम्बुलेन्सलाई कोरोना प्रतिरोधी बनाएको रहेनछ । यति समय बितिसक्दा पनि तयारी शून्य छ । विना अरु कुनै सुविधा, एउटा अक्सिजन सिलिन्डर झुण्ड्याएर एम्बुलेन्सको ‘ट्याग’ लगाइदिएपछि हुन्छ भन्ने मानसिकताले जरो गाडेको बुझें ।
सबै वाद र नन्त्रहरू फालेर आएको गणतन्त्रमा, त्यो पनि समाजवादउन्मुख व्यवस्थाको वकालत गर्ने कथित कम्युनिस्ट पार्टी सरकारमा भएको बेला अत्यावश्यक मध्येको स्वास्थ्य सेवा यो हालतमा छ । समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सुविधा सरकारले निःशुल्क रुपमा प्रदान गर्नुपर्छ भन्ने सुनेको मैले आवश्यक पर्दा खर्च गर्छु भने पनि उपयुक्त सुविधा उपभोग गर्न पाइनँ ।
जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अतिसंवेदनशील स्वास्थ्य क्षेत्रमा यो तहको व्यवस्थापन हुँदा कसरी ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउला ? कहिले हुने हो ?
के हामीले कर तिरेको यस्तै असुविधाहरूको लागि हो ? के यति धेरै बहुमत दिएर यस्तै कुशासनको चाहना गरेको हो ?
बोलौं है, गलत भइरहँदा त्यसलाई सच्याउन झक्झक्याऔं । यति हुँदा पनि हामी बोल्दैनौं भने हामीलाई आउने पिँढीले श्राप दिनेछ ।
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...