२६ जेठ २०८३, मंगलबार

शरीरसम्बन्धी १६ रोचक तथ्य

भदौ ८, २०७७
शरीरसम्बन्धी १६ रोचक तथ्य

हाम्रो शरीरमा अनेकौं रहस्य लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्यका बारेमा पत्तै छैन। काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ।


रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ। गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ। 

संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ ।

देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ। 

दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ। 

कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न सक्दैनन् किनकि उनीहरूको शरीरमा फ्याट सेल अरूको भन्दा धेरै हुन्छ । 

हाम्रो शरीरको कुल वजनको दुई प्रतिशत मात्र भार दिमागको भएपनि शरीरको २० प्रतिशत अक्सिजन यसलाई आवश्यक हुन्छ । यही अनुपातमा दिमागलाई क्यालोरीको पनि आवश्यकता पर्छ । 

बीस वर्षभन्दा बढी हुनुभएको छ भने वर्षको एकचोटि शरीरको जाँच गराउनुस् । कोलेस्ट्रोल, रक्तचाप र चिनीको मात्रा सही छ कि छैन भनी थाहा पाइराख्नुपर्छ ।

खानाको नशा लागूऔषधको नशा जस्तै हुन्छ । यसले तपाईंको दिमागलाई बारम्बार खानातर्फ लग्छ र खाना खाँदा यसै कारण दिमाग एकदमै सक्रिय हुन्छ । 

कसरत गर्ने महिलालाई क्यान्सरको सम्भावना एकदमै कम हुन्छ । तर तपाईंले पर्याप्त निद्रा पनि पु–याउनुपर्छ । 

बेकिङ सोडाले दाँत माझ्नुभयो भने दाँत चम्किलो हुन्छ ।

गर्भमा छँदा पाएको भोजनको मात्रामा मानिस मोटो वा पातलो हुन्छ । 

नङ, ओठ र गुप्तांगको माथिल्लो हिस्साबाट कहिले पनि पसिना आउँदैन । 

संसारमा गोरा बीस हजार वर्षअघि थिएनन् । त्यसअघि मनुष्यहरू काला र गहुँगोरा मात्र हुन्थे । 

फल र तरकारी खाँदा शरीरमा एक खाले अम्ल उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ । -एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्